सक्व/”शंखरापुर सक्वको पहिचान अब सालीनदीको मेला, माधव नारायण र वज्रयोगिनीको नाममा पनि चिनिन थालिएको छ”साँखुको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिको अधिवेशनलाई संवोधन गर्दै शंखरापुर नगर पालिकाका मेयर रमेश नापितले अधिवेशबाट चयन गरेको नयाँ कार्यसमितिले माघ मेलाको राम्रो व्यवस्थापन गरी यसको गरिमा थप बढाउण आज आह्वान गरेका छन्। सांखुमा आज १० गते, बुधबार,सालीनदी मेलाको सरोकार राख्ने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिको प्रत्यक दुई वर्षमा हुने अधिवेशनमा मन्तव्य राख्ने क्रममा उनले आह्वान गरेका हुन् । यस पटक चलाखुटोलको पालोमा सम्पन्न अधिवेशनबाट सर्वसम्मत र निर्वाचन प्रक्रियामार्फत नयाँ कार्यसमिति चयन गरिएको छ। जस अनुसार कार्यसमितिको अध्यक्षमा विकासमान सिं,वरिष्ठ उपाध्यक्ष: जीवनमान सिं,उपाध्यक्ष (पुरुष): ओबिन श्रेष्ठ,उपाध्यक्ष (महिला): गंगा कारंजित,महासचिव: एल.पी. श्रेष्ठ,सचिव: बालकृष्ण सिं,कोषाध्यक्ष:रोशन गोर्खाली,सह-कोषाध्यक्षमा प्रविण लाल श्रेष्ठ चुनिएका छन् ।
सदस्यहरूमा संगिता श्रेष्ठ ,शुभद्रा श्रेष्ठ, रजनी श्रेष्ठ,अशोक श्रेष्ठ,प्रजल मान सिं,बिरेन्द्र श्रेष्ठ,भावना श्रेष्ठ माली,शंकर मान श्रेष्ठ,शान्ती महर्जन,नवीन कुमार श्रेष्ठ,प्रकाश मल्ल,सरिसा श्रेष्ठ मानन्धर,कृष्ण देवी कारंजित,सुरेन्द्र मालि,गगन रञ्जित,कृष्ण प्रसाद श्रेष्ठ,सजनी श्रेष्ठ चुनिएका छन् ।
अधिवेशन सकेलगत्तै आजै निवर्तमान अध्यक्ष बालकृष्ण श्रेष्ठले नयाँ नेतृत्वलाई कार्यभार हस्तान्तरण गरेको छ । आगामी कार्यकालका लागि समितिलाई थप प्रभावकारी र समाजसेवामुखी बनाउने लक्ष्यसहित नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। आजै आगामी मेलाका लागि भावी योजना सहित कार्यनीति बनाउन तत्काल पूर्ण बैठक बसेको छ।
यस बर्षको श्री माधवनारायण स्वस्थानिको व्रत पुष महिनाको २९ गतेबाट प्रारम्भ हुदैछ।
अधिवेशन सके लगत्तै आजै निवर्तमान अध्यक्षा बालकृष्ण श्रेष्ठले नयाँ नेतृत्वलाई कार्यभार हस्तान्तरण गरेको छ । आगामी कार्यकालका लागि समितिलाई थप प्रभावकारी र समाजसेवामुखी बनाउने लक्ष्यसहित नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। हस्तान्तरण कार्यक्रमपछी आगामी मेलाका लागि भावी योजना सहित कार्यनीति बनाउन तत्काल पूर्ण बैठक बसेको आजै बसेको थियो ।
यस बर्षको श्री माधवनारायण स्वस्थानिको व्रत पुष महिनाको २९ गतेबाट प्रारम्भ हुदैछ।
कार्यक्रममा शंखरापुर नगर पालिकाका मेयर रमेश नापित प्रमुख अतिथि,अतिथिहरु उपमेयर,समिता श्रेष्ठ, नगर पालिकाका प्रवक्ता तथा वडा नं ६का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ, पूर्व मेयर सुवर्ण श्रेठ,शंखरापुर प्रहरी प्रभाग प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५