काठमाडौं /जनगायक भृगुराम श्रेष्ठ तथा सदाबहार गायक योगेश वैद्यको एक श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।
नेवा: देय् दबू , न्हूदँ राष्ट्रिय समारोह समितिको आयोजनामा भएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै देय् दबूका अध्यक्ष पवित्र बज्राचार्यले श्रष्टाहरुलाई जिउँदै सम्मान गर्न सकेमात्र नयाँ श्रष्टा सर्जकहरुले पनि आफ्नो जीवन यस विधामा अर्पन गर्न सक्ने बताउँदै उहाँहरुलाई जीवनकालमै गर्नुपर्ने सम्मानमा केही कमी हुन गएकोमा दु:ख व्यक्त गरे ।
नेपाल भाषा साहित्य संगीत अनि कलाका विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको श्रद्धाञ्जली कार्यक्रममा परम्परागत बौद्ध धर्म अनुसार प्रा.डा. नरेशमान बज्राचार्यसहितले दुर्गतिपरिशोधन सूत्र पाठ गरेका थिए ।
दिवंगत गायकद्वयको तस्वीर अगाडि उपस्थित भएकाहरुले दीप प्रज्वलन गरि उहाँहरुको सुगतिको कामना गरिएको थियो ।
नेपालकोसंगीत नाट्य क्षेत्रमा विशेष गरेर नेपाल भाषाका गीत संगीतमा भृगुराम श्रेष्ठलाई भीष्म पितामहकै दर्जा दिइएको छ । उहाँका गीतहरूले जागरण भर्ने काम गरेको छ भने यसका साथै भाषिक सांस्कृतिक प्रतिनिधित्व गर्ने उहाँका गीतहरु सर्वाधिक लोकप्रिय पनि छ्न् । “द्य:यात सिन्हाय् स्वां”देखि झीगु भाषा मन्त धा:सा” जस्ता उहाँका स्मरणीय गीतहरूले उहाँको स्मृति सँधै ताजा राखिरहने छ ।
योगेश वैद्य नेपाली तथा नेपाल भाषाका सदाबहार गायकका रुपमा निकै लोकप्रियता हाँसिल गरेका वरिष्ठ संगीतकर्मी हुन् । “मेरो आँसुमा नहांसे” जस्ता कर्णप्रिय गीतका श्रष्टा उहाँका प्राय सबै गीतहरू लोकप्रिय छन् ।
उहाँहरुको सुगतिकामना सहित सुभाय् पोस्ट डट कम परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५