बुँद राना
जेठको चर्को घाम । दोप्पर बेला ! बारीमा कोही थिएन ! गफ गर्नलाई राम्रो मौका थियो !
एउटा बुँख्याचाले अर्को बुँख्याचालाई भन्यो :-” तँ त साह्रै काम नलाग्ने भएछस् ! ”
” किन ! के गरेँ र मैले ? ”
” उल्लु चमेरा कौआ धपाउने नाममा एउटा फिस्टोसम्म धपाउन सकेको छैनस् ! उल्टो, के गरेँ र मैले भनेर , जंगिन्छस् ! ”
दोस्रोलाई पैलोको बचनले पोलेको थियो । बोल्यो :- ” अनि तैंले नि तैंले ! के साँढे गोरु धपाइस्त ?”
पैलोले गजक्क परेर भन्यो :- ” मैले गिद्ध धपाएँ! आकासमा देखेकोछस् एउटैगिद्ध ?”
दोस्रो पनि के कम , नहलमा दहलको तुरुप हान्दै भन्यो :-” मैले त झन् आस्ट्रीच धपाएँ! तैंले त जाबो गिद्ध ! ”
दुबैमा एकअर्कालाई होच्याउने होड चल्दै थियो ।
एकाएक पैलो बुँख्याचाले परतिर इशारा गर्दै भन्यो :- “उ! तेरो बाजे मलिक आयो !”
गफ हरायो । दुबै चूँ नबोली चुप लागे !
मलिक भनिएको मान्छेले बुँख्याचाको विकल्प खोजी ल्याएको रहेछ ! बारीमा घाँडो झुन्ड्यायो !
उखेलेर फालिएका बुँख्याचाहरू बारीको डिल मुन्तिर देखिए !
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५