’काठमाडौं / एक साता लामो बहसपछि आज शुक्रवार जिल्ला अदालत रौतहटले मोहम्मद आफताब आलमलाई थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले थुनामा पठाउने आदेश दिएको हो । सरकारी वकिलको कार्यालयले कार्तिक १८ गते रौतहटमा सांसद आलमसहित ११ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ ऐन २०१८ बमोजिम मुद्दा दायर गरेको थियो।
जन्मकैद सहितको माग दावी गर्दै अदालतमा दायर मुद्दामा आलमका तर्फबाट तीस जना भन्दा बढी वकिलले बहस गरेका थिए। विसं.२०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा गत असोज २६ गते आलमलाई पक्राउ गरेको थियो ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५