• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 05, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  अन्तर्राष्ट्रिय

एनपीपीए (NPPA) अध्यक्षमा शान्ति श्रेष्ठ निर्वाचित


सुभाय् संवाददाता November 5, 2025 मा प्रकाशित (११ महिना अघि) अनुमानित पढ्ने समय : ११ मिनेट

मेरिल्याण्ड,युएसए /अमेरिकामा रहेका नेवार समुदायले स्थापना गरेको संस्था नेपाः पासा पुचः अमेरिकाय् (NPPA) को नयाँ अध्यक्ष पदमा शान्ति श्रेष्ठ निर्वाचित हुनुभएको छ।

नेपाल संवत् ११४६ को नयाँ वर्षको उपलक्ष्यमा आयोजित संस्थाको ३५ औँ वार्षिक साधारणसभाले श्रेष्ठलाई नयाँ अध्यक्षमा चयन गरेको हो।

साधारणसभामा उहाँको नाम घोषणा भएपछि उहाँले आफ्नो स्वीकृति मन्तव्य दिँदै आगामी कार्यकालमा गर्ने कार्ययोजनाबारे जानकारी गराउनुभएको थियो। यससँगै, निवर्तमान अध्यक्ष मनोहर श्रेष्ठ पदमुक्त हुनुभएको छ। मनोहर श्रेष्ठ हाल विश्व नेवाः संगठन (WNO) को अध्यक्ष हुनुहुन्छ।

नयाँ कार्यसमितिमा को-को?

साधारणसभाले नयाँ कार्यसमितिका अन्य पदाधिकारीहरूलाई पनि चयन गरेको छ:

  • प्रथम उपाध्यक्ष: सुमन तुलाधर
  • द्वितीय उपाध्यक्ष: प्रविन ताम्राकार
  • महासचिव: समिप श्रेष्ठ
  • कोषाध्यक्ष: रमिता महर्जन

मनोनित सदस्यहरू:

  • डा. राजु तमोट
  • मगन श्रेष्ठ
  • जयश्वर श्रेष्ठ
  • कञ्चन खावुन्जु
  • सबिना सुवाल
  • प्रतिना श्रेष्ठ शाक्य
  • सन्ध्या महर्जन
  • सुदीप मुज्याजु

 

 संस्थाको इतिहास र नवनिर्वाचित अध्यक्ष

नेपाः पासा पुचः अमेरिकाय् (NPPA) नेपालबाहिर नेवार समुदायले गठन गरेको पहिलो नेवाः संस्था हो। यो संस्था आजभन्दा ३५ वर्षअघि भाषासेवी राम मालाकारको नेतृत्वमा स्थापना भएको थियो।

नवनिर्वाचित अध्यक्ष शान्ति श्रेष्ठ सोही संस्थापक राम मालाकारकी सुपुत्री हुनुहुन्छ। NPPA को विभिन्न पदमा रहेर लामो समयदेखि सक्रिय रहँदै आउनुभएकी श्रेष्ठले अब अध्यक्षको रूपमा संस्थालाई थप गति प्रदान गर्ने विश्वास गरिएको छ। उहाँ अमेरिकामै रहेका अन्य नेपाली संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ।

समारोह र विमोचन

अमेरिकाको मेरिल्याण्डस्थित गेथर्सवर्ग शहरमा आयोजित उक्त समारोहमा अमेरिकाका लागि नेपाली राजदूतावासका प्रतिनिधि युगराज पाण्डे, तुलसी महर्जन लगायतका पाहुनाहरूले शंखधर साख्वाःको तस्बिरमा माल्यार्पण गर्नुभएको थियो। सोही कार्यक्रममा संस्थाको ‘दबू’ नामक पत्रिका/मुखपृष्ठ (ख्वाःपौ) समेत विमोचन गरिएको छ ।

सम्बन्धित पोस्ट
  • नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै
  • प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन
  • अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)
  • “अष्ट्रेलियामा आप्रवासनलाई नियन्त्रण गर्ने नीति केवल चुनाव जित्नकै लागि ल्याइएको हो ?”
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑