सुभाय् संवाददाताAugust 25, 2025 मा प्रकाशित (६ महिना अघि) अनुमानित पढ्ने समय : २० मिनेट
वडा अध्यक्षका दुई गीतको भिडियो सार्वजनिक
जन्मदिनको उपहार दुई म्युजिक भिडियो
काठमाडौं,आइतबार / काठमाडौं महानगरपालिका वडा नं १८ का वडा अध्यक्ष न्हुच्छेकाजी महर्जनका दुई गीतका भिडियोहरु सार्वजनिक गरिएका छन् । राजनीति तथा समाजिक कार्यसँगै गीत लेखन र अभिनय समेत गरेर पर्दामा देखिसकेका महर्जनको यसपटक उनले पहिलो पटक निर्देशन गरेको गीत पनि सार्वजनिक भएको हो ।
काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा भएको विमोचन कार्यक्रममा चलचित्र निर्देशक कलाकार पवन जाेशी,वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरे विशेष आतिथीका रूपमा उपस्थित रहेका थिए।
लेखक महर्जनका नेपाल भाषाको गीत “जि य:म्ह सिरिमतिचा” र खसनेपाली गीत ” तिम्रो दिलमा चोट लाग्दा”को उक्त समारोहमा सार्वजनिक गरिएको हो ।
निर्देशनमा पहिलो पाइला चालेका गीतकार महर्जनले आफूले सोर्हवटा गीतको भिडियो बनाउने काम गरेपछि त्यसैको अनुभवले निर्देशनमा अगाडि बढ्न प्रेरित गरेको बताउँदै यसको भिडियो हेरेर निर्देशनको बारेमा समीक्षा गरिदिन पनि आग्रह गरे । म्युजिक भिडियोको छायांकन/सम्पादन सुरेन्द्र महर्जनले गरेका हुन् भने ” तिम्रो दिलमा चोट लाग्दा”गीतमा न्हुछेकाजी महर्जन र “जि योम्ह श्रीमतीचामा” बाल मुकुन्द प्रजापतिको निर्देशन रहेको छ ।
आफ्नो जन्मदिनको विशेष उत्सव पारेर वडा अध्यक्ष न्हुछेकाजी महर्जनले दुई म्युजिक भिडियोहरु दर्शकहरूलाई उपहार स्वरुप दिएका हुन् भन्दा फरक नपर्ला ।