• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 08, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सम्पदा/संस्कृति

पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न


सुभाय् संवाददाता November 12, 2025 मा प्रकाशित (१0 महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

पोखरा / गण्डकी: काठमाडौँ उपत्यकाको प्राचीन नेवार सभ्यता र संस्कृति झल्काउने उद्देश्यले पोखराको भैरवटोलमा निर्माण गरिएको श्री भैरव मन्दिरमा आज (कात्तिक २६ गते) भव्यताका साथ प्राण प्रतिष्ठा पूजा सम्पन्न भएको छ। यो मन्दिर निर्माण गर्नका लागि रु एक करोड ७० लाख ८८ हजार ६१५ को लागत लागेको छ।
मन्दिरमा भैरवको प्रस्तर (शिला) प्रतिमाको प्राणप्रतिष्ठा पूजाका लागि काठमाडौँबाट विशेष रूपमा आउनुभएका बज्राचार्य गुरुज्यूहरूले नेतृत्व गर्नुभएको थियो। उहाँहरूले बज्रयान परम्परा र तान्त्रिक विधिअनुसार सम्पूर्ण धार्मिक अनुष्ठानहरू सम्पन्न गर्नुभएको हो।
यस महत्वपूर्ण कार्य सम्पन्न भएसँगै, आज मध्यान्ह २ बजेबाट भक्तजनहरूका लागि मन्दिरमा दर्शन र पूजन का लागि ढोका खुल्ला गरिएको छ।
भैरव सांस्कृतिक संरक्षण समितिका अध्यक्ष तीर्थमान प्रधानाङ्गका अनुसार, पोखरामा नेवार समुदायको आगमनसँगै काठमाडौँ उपत्यकाका सांस्कृतिक परम्पराहरूलाई यहाँ निरन्तरता दिँदै आएको छ।
उहाँले भन्नुभयो, “यो मन्दिरले यहाँको नेवार समुदायले पुस्तौँदेखि निरन्तरता दिएका परम्पराहरू— जस्तै: गण नृत्य (बाह्र भैरव नृत्य), भजन तथा नेवार अनुष्ठानहरू लाई थप बलियो बनाउने र सांस्कृतिक केन्द्र को रूपमा काम गर्नेछ।”
अन्तमा, यस ऐतिहासिक निर्माण कार्यलाई सफल पार्न पहल गर्ने भैरव सांस्कृतिक संरक्षण समिति लगायत सम्पूर्ण सहयोगी व्यक्तित्व, दानदाता एवं योगदानकर्ताहरूमा हार्दिक सम्मान र कृतज्ञता व्यक्त गरिएको छ।

सम्बन्धित पोस्ट
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ
  • दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑