• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 18, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  शिक्षा / स्वास्थ्य

उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न


सुभाय् संवाददाता April 4, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ११ मिनेट

रन्जु श्रेष्ठ,लुम्बिनी / लुम्बिनीमा सम्पन्न अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलनले उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गरेको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा भएको यस सम्मेलनमा नेपाल र भारतका १४ जना उपकुलपति र पूर्व उपकुलपतिहरुले एकसाथ मिलेर १० बुँदे घोषणापत्र जारी गरे। सम्मेलनमा उच्च शिक्षा क्षेत्रमा नैतिक नेतृत्वको विकास, प्रविधि र एआईको उपयोगमा शैक्षिक उत्कृष्टता कायम गर्ने प्रतिबद्धता जनाइएको छ।

घोषणापत्रमा समावेशी र पहुँचयोग्य शिक्षा सुनिश्चित गर्ने, विश्वविद्यालयहरूको पाठ्यक्रममा पूर्वीय दर्शन र नैतिक सिद्धान्त समावेश गर्ने, र एआईको उपयोगद्वारा उच्च शिक्षाको गुणस्तरमा सुधार गर्ने प्रस्ताव गरिएको छ। त्यस्तै, उच्च शिक्षाको मापदण्डीकरण र अन्तर्राष्ट्रिय मूल्यांकन निकायको निर्माणको आवश्यकता पनि जोड दिइएको छ।

सम्मेलनमा अन्तर्राष्ट्रियस्तरमा संकाय आदानप्रदान, क्रेडिट ट्रान्सफर र संयुक्त डिग्री कार्यक्रमलाई प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाइएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयले १४ वटा विश्वविद्यालयसँग सहकार्य सम्झौतासमेत गरेको छ, जसले अनुसन्धान र प्राज्ञिक उन्नतिका क्रियाकलापहरूलाई संयुक्त रूपमा सञ्चालन गर्न सहयोग पुर्‍याउने छ। यस सम्मेलनमा नेपाल, भारत, कम्बोडिया, चीन, जर्मनी, जापान, श्रीलङ्का, थाइल्याण्ड, म्यानमार, लाओस र भियतनामका विज्ञ र अध्येताहरूको सहभागिता थियो।

सम्मेलनले उच्च शिक्षा क्षेत्रका चुनौती र अवसरहरूको विश्लेषण गर्दै चौथो औद्योगिक क्रान्तिको क्रममा बौद्ध दर्शनको अन्तर्राष्ट्रियकरणको आवश्यकता र नेपालका उच्च शिक्षा संस्थाहरूको भूमिकाबारे गहन छलफल गर्‍यो।

सम्मेलनमा नेपाल र भारतका गरी १४ जना उपकुलपति, पूर्व उपकुलपतिहरुले जारी गरेको घोषणापत्रमा बजारमुखी र नैतिकतामा आधारित पाठ्यक्रमको विकास गर्नका लागि पूर्वीय दर्शन र नैतिक सिद्वान्तलाई सबै विश्वविद्यालयका पाठयक्रममा समावेश गर्ने उल्लेख गरिएको छ ।
एआईको उपयोगद्वारा उच्च शिक्षाको गुणस्तरमा सुधार गर्ने, एआई सम्बन्धी तनाव व्यवस्थापनका लागि योग तथा ध्यान कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । उच्च शिक्षाको मापदण्डीकरण र लगानीमा बृद्धि गर्न उपकुलपतिहरुले सुझाव दिएका छन् । मापदण्ड निर्धारणका लागि अन्तर्राष्ट्रिय स्तरको मूल्यांकन गर्ने निकायको माग गरिएको छ ।
घोषणापत्रमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारी, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा।डा। सुवर्णलाल बज्राचार्य, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा।डा। धनेश्वर नेपाल, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. धुव्रकुमार गौतम, राजर्षी जनक विश्वविद्यालयका उपकुलपति प्रा.डा. अमरप्रसाद यादव, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. बेदराज केसी, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा।डा। बिजुकुमार थपलिया, मदन भण्डारी एकेडेमी अफ हेल्थ साइन्सका उपकुलपति डा. प्रदीप ज्ञवाली, लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा.त्रिरत्न मानन्धर, प्रा.डा. हृदयरत्न बज्राचार्य, मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा.उपेन्द्र कुमार कोइराला, लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा।डा विनोद प्रसाद ढकाल, भारतको नालन्दा विश्वविद्यालयका उपकुलपति प्रा.डा. अभयकुमार सिंह र सिद्धार्थ विश्वविद्यालयका उपकुलपति प्रा.डा. कविता शाहले हस्ताक्षर गरेका छन् ।
उच्च शिक्षामा बौद्ध दर्शन अन्तर्राष्ट्रिकरण, प्राज्ञिक नेतृत्वमा बौद्ध दर्शन र नैतिकता, चौथो औद्योगिक क्रान्तिमा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, नेपालको उच्च शिक्षाका चुनौति र अवसर विषयमा केन्द्रीत रही उपकुलपति सम्मेलन आयोजना गरिएको थियो ।सोही अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयले स्वदेशी र विदेशी गरी १४ वटा विश्वविद्यालयसँग सहकार्य सम्झौता गरेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यले अनुसन्धानसहित प्राज्ञिक उन्नयका क्रियाकलापहरु सहकार्यमा सञ्चालन गर्नका लागि सम्झौता गरिएको बताए ।
 

सम्बन्धित पोस्ट
  • त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन
  • बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र
  • अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण
  • बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑