• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

थँबहि विक्रमशील महाविहारमा पुरातात्विक भौतिक संरचना भेट्टियो


सुभाय् संवाददाताDecember 17, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

-भागवत नरसिंह प्रधान (अनुसन्धानकर्ता)
काठमाडौं महानगरपालिका, वडा नम्बर २६ मा नेपालको एक प्राचीन बौद्धविहार रहेको छ ।
यस विहारलाई थँ बहिल, विक्रमशील महाविहार धर्मधातु विहार, राजविहार, भगवान वहाल आदिले पनि चिनिन्छ । यस विहार कति वर्ष पुरानो भन्ने लिखित दस्तावेजहरू तथा अभिलेखहरू पाइएको छैन ।
तापनि, यस विहार परिसरमा विभिन्न लिच्छविकालीन मूर्ति ,चैत्य, स्तुपा (विहारको दक्षिणपट्टिको चोकमा विभिन्न मुद्रामा रहेको बुद्धको मूर्ति , विहारको पूर्वपट्टिको सडक पारीको तीनवटा स्तुपाहरू, विहारको आँगन चोकमा रहेको चैत्य आदि ) हरू पाइएको कारणले गर्दा यस विहार लिच्छविकालीन बिहार हो भन्ने अनुमान गर्न सकिन्छ ।
लिखित प्रमाणको आधारमा भन्ने हो भने यस विहारमा रहेको प्रज्ञापारमिता नेपाल सम्वत् ३४४ मा लेखिएको यस ग्रन्थको पुष्पिका वाक्यमा उल्लेख गरिएको छ । यस विहारमा पूर्व मल्लकालदेखिको ताडपत्रहरू तथा मल्लकालीन शिलापत्रहरू पाइएको छ ।
भारतका बौद्ध विद्वान पण्डित अतिशा तिब्बत जाने क्रममा एघारौँ शताब्दीको पूर्वाद्धमा यस विहारमा बसेर गएका थिए भन्ने कुराको उल्लेख इतिहासविद् डाक्टर रमेश ढुंगेलले लेख्नुभएका लेख “आचार्य दीपङ्कर( श्रीज्ञान) को नेपाल यात्रा एक नयाँ अध्ययन”मा गरिएको छ ।
१३ औं शताब्दीको पूर्वाद्धमा तिब्बतका प्रसिद्ध विद्वान् भिक्षु धर्मस्वामी नेपालमा आठ साल बसे । यसै दौरान उनी स्वयम्भू र थम विहार ( थँ बहिल) बसेका थिए भन्ने कुरा रुक्मिणी वन्त प्रधानको विक्रमशील महाविहार एक परिचयमा उल्लेख गरिएको छ ।
धर्मस्वामीले वर्णन गरे अनुसार “त्यहाँ(थँ बहिल) एउटा स्तूप थियो, जसमा हरेक साँझ एउटा ज्योति देखापर्‍यो जसलाई अतीशाले देखे र त्यो के हो भनेर सबैलाई सोधे तर उनीहरूलाई थाहा भएन । कश्यप बुद्धले मण्डला बनाएपछिको यो रंगीन धुलो हुनुपर्छ , भनेर एक वृद्ध महिलाले मात्र टिप्पणी गरिन् । स्तूपको अगाडि शाक्य मुनिको स्वर्ण प्रतिमा छ । यसलाई भगवान अभयदान भनिन्छ ।”
यस वर्णनबारे जर्ज रोरिचको वायोग्राफी अफ धर्मस्वामी मा उल्लेख गरिएको छ । धर्मस्वामीको वर्णन अनुसार त्यस स्तूप अतिशा आउनु भन्दा अघि नै बनिसकेको देखिन्छ ।हाल यस विहार जीर्णाेद्वार गर्ने क्रममा यस विहारको मूलचोकमा धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वको भौतिक संरचना (चैत्य,स्तुप आदि )हरू फेला परेको छ । मूलचोकमा सिंह सार्थवाहको मूर्ति भनिने सुनौलो मूर्ति रहेको छ । हाल भेटिएको स्तूप ठिक त्यस सुनौलो मूर्ति पछाडि रहेको छ । हेर्दा निकै प्राचीन देखिन्छ । अतिशाले देख्ने गरेको यही स्तूप हुनसक्दछ । यस स्तूपको साथै प्राप्त सबै भौतिक संरचानाहरूको अध्ययन–अनुसन्धान हुनु आवश्यक छ ।
यसले यस विहारको धर्म, संस्कृति,परम्परा तथा प्राचीनताको प्रामाणिक इतिहास अध्ययन गर्न सहयोग गर्दछ । यस्तो अध्ययन– अनुसन्धानले ठमेलको विहारको मात्र नभई, नेपालको नै प्राचीन प्रामाणिक इतिहास अध्ययन गर्न सहयोग पुर्‍याउँदछ ।
याे बिषयमा सरोकारवाला निकायहरूको ध्यान जानु अत्यन्त आवश्यक देखिएको छ पुरातात्विक महत्वको वस्तुहरूको संरक्षण तथा अध्ययन–अनुसन्धान गर्ने निकाय पुरातत्व विभाग साथै नेपालका सम्पूर्ण विद्वान् इतिहासविद्को ध्यान दिनुका साथै सम्वर्द्धन, प्रवर्द्धन कसरी गर्नेतिर जानु आवश्यक देखिएको छ ।

सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव
  • अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑