रन्जु श्रेष्ठ नेपाली चलचित्र तथा टेलिभिजन मिडियाका चर्चित कलाकार हुन् । उनले ऐतिहासिक नेपाली चलचित्र वीर गणेशमानमा मंगलादेवी जस्तो मूल पात्रको भूमिका निभाएकी छिन् भने “अविरल बग्दछ इन्द्रावती” जस्तो चर्चित टेलेसिरियलमा मूख्य पात्रको भूमिका निभाएकी छिन्।
उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नृत्यकलामा आफ्नो प्रतिभा देखाएकी छिन् । सन् २००५ को जापानको नागोया एक्स्पो तथा सन् २००७ को स्पेनको एक्स्पोमा उनले कुमारी चर्या नृत्य तथा लोकनृत्य प्रस्तुत गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो प्रतिभा देकाउने अवसर पाइन् । यसैगरी मलेसिया ,थाइल्यान्ड , भारतमा धेरै नृत्य प्रदर्शनमा सहभागी बनिसकेकी छिन्।
उनको महत्त्वपूर्ण उपलब्धि मुमिन कार्टून सिरिजमा मुमिनको आवाज दिनु पनि मानिन्छ । स्वर दिने कलाकारका रुपमा उनको बेग्लै पहिचान रहेको छ ।
यसैगरी उनले आफ्नो नृत्य यात्रालाई निरन्तरता दिंदै अझै पनि महत्त्वपूर्ण मन्चमा नृत्य प्रस्तुत गर्दैछन् उनी । म्युजिक भिडियोमा कोरियोग्राफी गर्ने र नृत्य प्रशिक्षण दिने कार्यमा पनि तिनी सक्रिय छिन् ।
नृत्य प्रस्तुत गर्ने क्रममा उनले सन् २०२४ को फेब्रुअरी महिनामा भारतको प्रतिष्ठित कौतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा भारत सरकारका मन्त्री र विभिन्न देशका फिल्म मेकर तथा कलाकारहरुको समुपस्थितिमा वज्रयोगिनी चर्या नृत्य प्रस्तुत गरेकी छिन् ।
उनले द योगिनी डकुमेन्ट्रीमा बज्रयोगिनी चर्या नृत्य प्रस्तुत गरेकी छिन् जसको प्रोमो अष्ट्रेलियाको सिड्नीमा गुथी अष्ट्रेलियाको आयोजनामा रिलिज भएको थियो ।
त्यसैगरी उनको बायोग्रफिक टिभी शो जीवन पथ जसमा उनको प्रस्तुति र आवाज रहेको छ, त्यो शो २५ शृंखलासम्म पुग्दा निकै चर्चित पनि बनिसकेको छ ।
नृत्य नाट्य टेलिभिजन प्रस्तोता र अभिनेत्रीका रुपमा सफल कलाकार प्रस्तुतकर्ता हुन् रन्जु श्रेष्ठ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५