• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

५० वर्षअघिसम्म पनि काठमाडाैँ ‘एन इन्नोसेन्ट प्लेस’ थियाे


सुभाय् संवाददाताMarch 5, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

 

– वुल्फग्याङ कर्न

झन्डै ५४ वर्षअघि पहिलो पटक आर्किटेक्ट इन्जिनियर वुल्फ ग्याङ कर्न नेपालमा पाइला टेकेका थिए । जर्मनीकाे क्रिफिल्ड सहरका वुल्फ नेपाल सरकारको आवास एवं भौतिक योजना विभाग अन्तर्गत डिजाइन शाखामा समेत काम गरेका थिए । सो विभाग अन्तर्गत ललितपुरको पुल्चोक नजिकै मन्त्री क्वार्टरको उनले नै डिजाइन गरेका हुन् ।

वुुल्फले काठमाडौं उपत्यकाका ऐतिहासिक भवन, नेवारी आर्किटेक्चर, मन्दिर लगायत संरचनाको उनले नजिकबाट अध्ययन गरे । यति मात्र नभई वुल्फले सो समयमा हनुमानढोका दरबार क्षेत्रस्थित लोहान चोकको तीन तले ऐतिहासिक संरचना र अन्य संरचनाको डिजाइन गरे। काठमाडाैँबारे उनले यसरी लेखेका छन्ः

सन् १९७० तिर काठमाडौं एक्प्लोर गर्दै गएपछि मैले जर्मनीको एउटा चर्चित म्यागेजिनका लागि काठमाडौं उपत्यकाको आर्किटेक्चरबारे एउटा आर्टिकल पनि छापेको थिएँ। म फुर्सदको समय काठमाडौं उपत्यकाभित्र बनेका संरचनाबारे घोत्लिन्थें। अवलोकन गर्थें। जतिसक्दो धेरै व्यक्तिहरुलाई भेटेर ती संरचनाबारे जानकारी लिन्थें।

सोही आधारमा आधारमा मैले सन् १९७० को जनवरीदेखि जुन महिनासम्म खड्पुको इन्द्रसत्तल, काष्ठमण्डप र लक्ष्मीनारायण सत्तल लगायत अन्य भवन संरचनाको हातले खाका (ड्रोइङ) तयार पारे। काठमाडौंभित्र भएका हरेक नेवारी शैलीमा बनेका संरचना, बौद्ध लगायत अधिकांश संरचनाको स्थलगत अवलोकन गरें। अवलोकनको लागि फिल्डमा जाँदा प्राय: बाइसाइकलको प्रयोग गर्थें।

वास्तवमा त्योबेलाको काठमाडौं साँच्चै इन्नोसेन्ट थियो। एयरपोर्ट पनि हेर्दै मनमोहक थियो। साइकलमार्फत जताबाट पनि एकैछिनमा एयरपोर्ट पुगिन्थ्यो। धुवाँ-धुलो थिएन । सडकमा मोटरसाइकल गुड्दैनथे । केबल कुल-घराना र कूटनीतिज्ञ वर्गका दुई/चार सय कार मात्र चल्थे। निजी सवारी साधन त लगभग थिएन नै भन्दा हुन्छ। त्यसैले हो-हल्ला थिएन। एयरपोर्ट हुँदै बाइसाइकलमा यात्रा गर्न सहज थियो, ज्यानै चंगा बन्थ्यो।

कीर्तिपुर रोचक थियो। मनमोहक थियो। त्यहाँ नेवारी शैली बाहेकका अन्य भवन संरचना थिएनन्। त्यहाँका बासिन्दाको आफ्नैखाले जीवनशैली थियो। तर अहिले हेर्यो भने बाफ् रे बाफ! न केही भनी साध्य छ न देखाएर साध्य छ। त्यो बेलाको कीर्तिपुरको वास्तविक स्वरुप ‘खत्तम’ बनिसकेको छ। सबैभन्दा ठूलो समस्या त्यही देखिन्छ।

अचेल हेर्ने हो भने, कीर्तिपुरको मौलिक पहिचान बचाउनुको सट्टा त्यहाँ उल्टै एसियन पेन्ट्सले विज्ञापन गरेको रहेछ। त्यो पनि टाढैबाट देखिने गरी। मौलिक शैलीमा बनेका घरहरु छैनन्। बचेकाहरुलाई पनि आधुनिक कंक्रिटका घरै-घरले थिचिसकेको छ।

अब कुरा गरौं, बौद्ध र स्वयम्भूनाथको। तलबाट हेर्दा स्वयम्भूनाथ परैबाट डाडाँमा देखिन्थे। ५० वर्षअघि स्वयम्भूनाथको साइकल यात्रा पनि रमणीय हुन्थ्यो। स्वयम्भू वरपर बस्ती थिएन। खेतीयोग्य जमिन थियो। यता बौद्ध स्तुपा क्षेत्र वरपर भने सानातिना छिटपुट घरहरु थिए। तामाङ र केही तिब्बेतीयन बसोबास गर्थे। त्यसबेला बिना कुनै झन्झट एकैछिनमा बौद्धसम्म पुगेर आउँथे। अहिले बौद्ध स्तुपा कहाँनिर छ, नजिकै पुगेर पनि खोज्नुपर्छ।

नेपाल बसाइपछि म फेरि जर्मनी फर्किएको थिएँ। केही वर्षको ग्यापपछि त्यहाँबाट सन् २०१३ मा नेपाल आउँदा मैले बौद्धको रुट एक जना बृद्ध व्यक्तिलाई सोध्नुपरेको थियो। पहिले विभिन्न क्षेत्रको सर्भे गर्ने मलाई अचेल बौद्ध मात्र नभई काठमाडौंका अधिकांश क्षेत्रका रुटहरु कहाँ छन्, कहाँबाट कहाँ पुग्ने म आफैं भेउ पाउँदिन।

काठमाडौं उपत्यकाभित्र बग्ने बाग्मती, विष्णुमती नदीमा मानिसहरु लुगा धुने, नुहाउने, पौडी खेल्ने, माछा मार्ने गर्थे। त्यसबेला पशुपति मन्दिर अगाडि बग्ने बाग्मती नदीमा मानिसहरु पूजा गर्दै स्नान गर्थे। निसंकोच नदीलाई पवित्र मान्थे। विष्णुमती नदीमा बालबालिकाहरु पौडी खेल्दै रमाउँथे। पौडी खेल्दै नदी वारपार गर्थे। यहाँका स्थानीयले आफ्नो बारीमा फलेका मुला र अन्य तरकारी पखाल्थे। तर अचेल तिनै नदीमा बग्ने पानी झुक्किएर पनि छोइयो भने सिधै छालाको डाक्टरकहाँ पुग्नुपर्छ।

एउटा ऐतिहासिक, प्राचीन सहरको संरक्षण गर्न नेपाल सरकार लगायत सम्बन्धित निकायहरु असफल बने। अब यस प्राचीन सहर र यहाँका बचेका संरचनाको संरक्षण गरिएन भने भावी पुस्ताले के देख्न पाउलान्?

सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव
  • अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑