• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 06, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / अर्थ

साताको सेयर बजारः ९५ अर्बको कारोबार


सुभाय् संवाददाताAugust 22, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौँ /धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक यस साता उतारचढावपूर्ण अवस्थामा रह्यो। उल्लेख्य मात्रामा नेप्सेमा परिवर्तन नभए पनि कारोबार रकमसमेत ठूलो परिमाणमा वृद्धि भयो। अधिकांश जलविद्युत् कम्पनीको सेयर मूल्य वृद्धि भयो।

कमजोर भनिएका जलविद्युत् कम्पनीको सेयर मूल्य अस्वाभाविक रूपमा वृद्धि भएपछि विद्युत् नियमन आयोगसमेत बोल्नुपर्ने अवस्थामा पुग्यो। प्रतिफलसमेत असाध्यै कम दिन सक्ने भनेर प्रक्षेपण गरिएका जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखियो।

संघीय संसद्को अर्थसमितिमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जका प्रमुखहरूले गैरकानुनी रूपमा खरिद गरिएको भनिएको एक कम्पनीको सेयरबारे राम्रै बहस भयो।

यद्यपि, सेयर बजारमा भने केही कीर्तिमानसमेत कायम भयो। नेप्सेले तीन हजार दुई सयको विन्दु पछ्यायो। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु वर्षको मौद्रिक नीतिको सामान्य प्रभाव बजारमा देखियो। बैंकले सेयर खरिदमा प्राप्त गर्दै आएको मार्जिन लेन्डिङको सीमामा कडाइ गरेको छ। यस्तै, सिडी रेसियोमा पनि नयाँ व्यवस्था गरेको छ।

कारोबारको अन्तिम दिन नेप्से दोहोरो अंकले घट्यो भने अन्य दिन सामान्य रूपमा मात्रै वृद्धि भए। कारोबार रकम औसतमा १८ अर्ब हाराहारीमा रहन पुग्यो। नेपाल स्टक एक्सचेन्जका अनुसार यस साता कुल दुई सय २९ कम्पनीको १५ करोड ७१ लाख २६ हजार चार सय ८४ कित्ता सेयर ९५ अर्ब नौ करोड ५८ लाख १३ हजार पाँच सय ९२ मूल्यमा खरिद–बिक्री भए।

साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटे पनि कारोबार रकममा भने नयाँ कीर्तिमान कायम गर्‍यो। त्यस दिन नेप्से २४.५७ अंकले घटेर तीन हजार १५४.३३ मा पुग्यो। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९० विन्दुले घटेर ५८९.२८ मा पुग्यो। कुल दुई सय २२ कम्पनीको तीन करोड ५५ लाख ५० हजार ६ सय ८८ कित्ता सेयर २१ अर्ब ६४ करोड ७६ लाख ६ सय ५५ मूल्यमा खरिदबिक्री भए। कारोबार भएका कुल १३ उपसमूहमध्ये तीन उपसमूहको सेयर उकालो लागेको छ भने १० उपसमूहको सेयर भने ओरालो लाग्यो।

कारोबारका आधारमा त्यसदिन नेपाल बैंक शीर्ष स्थानमा रही एक अर्ब पाँच करोड ४६ लाख ७८ हजार आठ सय १५ बराबरको कारोबार भयो। आइतबार तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्यो। त्यसमा खानीखोला हाइड्रोपावर, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्सुरेन्स कम्पनी थिए।

साताको दोस्रो दिन सोमबार नेप्सेमा झिनो सुधार भयो भने कारोबार रकम १५ अर्ब ९३ करोडमा सीमित भयो। त्यसदिन नेप्से परिसूचक झिनो अंकले उकालो लाग्यो। आइतबारको तुलनामा नेप्से सम्हालिएर ५.७२ विन्दुले वृद्धि हुँदा तीन हजार १६०.०५ मा पुग्यो। ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५६ विन्दुले बढेर ५९२.९३ मा पुग्यो। कुल दुई सय २७ कम्पनीको दुई करोड ८६ लाख १७ हजार आठ सय पाँच कित्ता सेयर १५ अर्ब ९३ करोड आठ लाख ९७ हजार नौ सय ३८ मूल्यमा खरिद–बिक्री भए।

सोमबारको कारोबारपछि बजार पुँजीकरण ४४ खर्ब १४ अर्ब ११ करोड १० लाख पाँच हजार बराबर पुग्यो। कारोबार भएका कुल १३ उपसमूहमध्ये ६ उपसमूहको सेयर ओरालो लाग्यो भने सात उपसमूहको सेयर उकालो लाग्यो। त्यसदिन कारोबारका आधारमा सोमबार नेसनल हाइड्रोपावर शीर्ष स्थानमा रही ७४ करोड ९७ हजार चार सय ५६ बराबरको कारोबार गर्‍यो। सोमबार पनि विभिन्न पाँच कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्यो। ती कम्पनीमा नेसनल हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, रिडी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जीवन विकास थिए।

साताको तेस्रो दिन मंगलबार विकास बैंक, जलविद्युत् र वित्त क्षेत्रका कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखियो। नेप्से ०.२३ विन्दुले बढेर तीन हजार १६०.३१ मा पुग्यो। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३५ विन्दुले बढेर ५९३.२८ मा पुग्यो।
कुल दुई सय २१ कम्पनीको तीन करोड ६ लाख १३ हजार चार सय ३९ कित्ता सेयर १८ अर्ब २० करोड ४९ लाख ३९ हजार दुई सय ३७ मूल्यमा खरिद–बिक्री भए।

मंगलबारको कारोबारपछि बजार पुँजीकरण ४४ खर्ब १४ अर्ब ४३ करोड ७० लाख ९० हजार बराबर पुग्यो। कारोबार भएका १३ उपसमूहमध्ये ६ उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ भने सात उपसमूहको सेयर ओरालो लाग्यो। कारोबारका अपी पावर कम्पनी शीर्ष स्थानमा रही ८६ करोड ३८ लाख २४ हजार सात सय १७ बराबरको सेयर खरिद–बिक्री भयो। मंगलबार विभिन्न १५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्यो।

कारोबार हुने साताको चौथो दिन बुधबार नेप्से ३२.०४ विन्दुले बढेर तीन हजार १९२.३५ मा पुग्यो। ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३८ विन्दुले बढेर ५९६.६६ मा पुग्यो।

कुल दुई सय २५ कम्पनीको तीन करोड १४ लाख ३१ हजार आठ सय ५५ कित्ता सेयर १८ अर्ब ८१ करोड ३१ लाख ६४ हजार नौ सय ९५ मूल्य बराबरको कारोबार भए।

कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको सेयर ओरालो लागेको छ भने नौ उपसमूहको सेयर मूल्य बढ्यो। बुधबारको कारोबारपछि बजार पुँजीकरण रु ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख ९२ हजार ९१ बराबर पुग्यो। कारोबारका आधारमा नेसनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रही ७८ करोड ८७ लाख तीन हजार पाँच सय २० बराबरको सेयर खरिद–बिक्री भयो। त्यसदिन विभिन्न ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्यो।

लगातार कीर्तिमान कायम राख्दै आएको नेप्सेमा सेयर कारोबार हुने साताको अन्तिम बिहीबार भने करेक्सन देखियो। त्यसदिन नेप्सेमा १८.२४ विन्दुले गिरावट आई तीन हजार १८०.७८ मा ओर्लियो। ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.३३ विन्दुले घटेर ५९०.१५ विन्दुमा सीमित भयो।

कुल दुई सय २९ कम्पनीको तीन करोड नौ लाख १२ हजार ६ सय ९७ कित्ता सेयर २० अर्ब ४९ करोड ९२ लाख १० हजार सात सय ६७ मूल्यमा खरिद–बिक्री भए।

कारोबार भएका कुल १३ उपसमूहमध्ये पाँच उपसमूहको सेयर मूल्यमा वृद्धि भयो भने आठ उपसमूहको सेयर ओरालो लाग्यो। त्यसदिन कारोबारका आधारमा अरुण काबेली शीर्ष स्थानमा रही एक अर्ब १६ करोड ७८ लाख ३२ हजार चार सय ३५ बराबरको सेयर खरिद–बिक्री भयो। बिहीबार कारोबारका आधारमा जीवन विकास लघुवित्तको सेयरमा १० प्रतिशतले मूल्यवृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो।
रासस

सम्बन्धित पोस्ट
  • मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन
  • अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प
  • फिर्ता बोलाइएका राजदूत परराष्ट्र मन्त्रालयमा ‘अलपत्र’
  • विशेष रिपोर्ट: नेपालमा नयाँ शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण; पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑