January, 2020
नेवा: नेतृत्व र नेवा: राज्यको सपना
Maharjan Ratna
राजेन मानन्धर एकातिर आगो बलिरहन्छ, रगत बगिरहन्छ, दिनदिनै आन्दोलन पनि भइरहन्छ । प्रदर्शन, गोष्ठी वा अन्तरक्रिया भएका समाचार पनि सुनिन्छ । अर्काेतिर धेरैजसो मानिस समाचार मात्रै सुन्दै बसिरहन्छन्, मूक दर्शकका रुपमा । उता सडकमा आफ्नो पहिचान र अधिकारका लागि उत्रेका जनतामाथि गोली दागिएको समाचार समेत देखिन्छ, यता राजधानीमै बस्ने नेवारहरु आफ्नो घर छाडेर सडकसम्म निस्केको देखिएन । यो यथार्थ आजको दशकको हो, दुई तीन दशकको इतिहासको कथा होइन । त्यसो त आज पनि यहाँ मानिसहरुलाई २०४६ सालको आन्दोलनमा नेवारहरुले गरेको संघर्षको कथा सुनाउन पुगेको छैन । हिजो त्यो एउटा सत्य