• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

न्हाय् मरु किपूमि


सुभाय् संवाददाताJanuary 13, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट


रजनी मिला
युद्धमा कीर्तिपुरेले आत्मसमर्पण गरिसकेपछि पनि वीरताका साथ लडेर मृत्युवरण गरेकी महिलाका विषयमा कीर्तिपुर बागभैरववरिपरि बसोवास भएका अमात्य र काजी खलकबाट आफूले सुनेका कुरा लेखक वासुपासाले ‘कीर्तिपुर’ पुस्तकमा उठाएका छन् । नाम थाहा नभएकी ती वीरंगनाले पुरुष भेषमा कीर्तिपुरको त्यतिवेलाको क्वाथःच्व अर्थात् हाल क्वाःच्वःमा अवस्थित उमामहेश्वर मन्दिरको प्रांगणबाट वाणले हान्दै युद्ध गरेको प्रसंग अझै पनि त्यस क्षेत्रका मानिसले सुनाउने गर्छन् । यसैलाई आधार बनाएर वासुपासाले ‘कीर्तिलक्ष्मी’ नामक उपन्यास लेखे ।
चतुर रणनीतिक र युद्ध कौशल मानिएका पृथ्वीनारायण शाहलाई दुईपटक नराम्ररी हराएका त्यो वेलाका कीर्तिपुरका जनताको वीरताको गाथा राजतन्त्रकालमा के लेखिन्थ्यो र ! पृथ्वीनारायणले कीर्तिपुरलाई आफ्नो नियन्त्रणमा लिइसकेपछि त्यहाँका प्रमुख पद सम्हालेर बसेका मानिसलाई झुन्ड्याएर मार्ने तथा १२ वर्षमाथिका आठ सय ६५ जनाको नाक र मुख काटेको इतिहास लेखिनु कुनै बौद्धिकता होइन ।
पृथ्वीनारायणका प्रधानसेनापति कालु पाण्डेलाई युद्धकै क्रममा मारिएको र आफ्ना भाइ शूरप्रताप शाहको आँखा फोडिदिएकाले प्रतिशोधस्वरूप आत्मसमर्पण गरिसकेका कीर्तिपुरका जनतामाथि बर्बरता मच्चाएको इतिहास भाषा वंशावलीका साथै फादर गुस्सेपे, कर्क पाट्रिकलगायत पृथ्वीनारायण शाहकै दरबारियाहरूका समकालीन कवि ललितबल्लभ तथा उनको यशोगान गरेर नथाक्ने नेवाः पण्डित सुन्दरानन्द बाँडाले पनि उठान गरेका छन् । आठ सय ६५ मानिस भनिएकोमा तीमध्ये कति त महिला पनि परेका थिए भन्ने अनुमान गर्न सकिन्छ ।
कीर्तिपुरमाथिको प्रतिशोधको भावना पृथ्वीनारायण शाह जिउँदो छउन्जेल मात्रै सीमित रहेन । २००७ पछिको प्रजातान्त्रिक युग र पञ्चायती शासनकालका राजाहरूले पनि त्यो देखाए । कोही पनि शाहवंशीय राजा कीर्तिपुर प्रवेश गरेनन् । राजतन्त्रको अन्तिम राजा ज्ञानेन्द्रको शासनकालसम्म पनि राजधानीकै एउटा ऐतिहासिक नगर कीर्तिपुरलाई राज्य र प्रशासनले उपेक्षित गरेको कीर्तिपुरका जनताको मत छ ।
बर्बरताको पराकाष्ठा
म आफैँले सानो छँदा सुनेको एउटा कहावत् छ ‘न्हाय् मरु किपूमी, लज्या मरु पांगामि’ (नाक नभएका कीर्तिपुरे, लाज नभएका पांगाका बासिन्दा) । यो उक्ति कहिलेदेखि चल्दै आयो, सहजै अनुमान लगाउन सकिन्छ । आत्मसमर्पण गरेका कीर्तिपुरका जनताको नाक, मुख काटिसकेपछि नगरको नाम नै नसकट्टापुर राखेको तथ्य कीर्तिपुरकै पुरातत्वविद् शुक्रराज श्रेष्ठले ‘फादर गुस्सेपे’को भनाइलाई उतारेका छन् । ‘न्हाय् मरु किपूमी’ अर्थात् नसकट्टापुरका बासिन्दा भन्ने उक्तिले त्यतिवेलाका कीर्तिपुरका जनता कर्क पाट्रिकले भने जस्तै नाक र ओठविना नै गुजारा चलाउनुपरेको यथार्थ झल्किन्छ ।
तेस्रोपटक अर्थात् अन्तिमपटक कीर्तिपुरमाथि बडो रणकौशलपूर्वक विजय हासिल गरेको भन्दै पृथ्वीनारायणको बिरासत थामेका शासकहरू र उनको प्रशस्ति गाउने लेखक–विद्वान्हरूले उनले गरेका नृशंस हत्या र अमानवीय चरित्रलाई ढाकछोप गरे । पृथ्वीनारायण शाहले कीर्तिपुर जित्नका लागि सकस हुने गरी पूर्वतयारी निकै गर्नुपरेको थियो भन्ने कुरालाई पनि वृत्तान्तले दर्साउँछ ।
दोस्रोपटक पनि कीर्तिपुरको मार खाएका पृथ्वीनारायण शाहले जित्ने सम्भावना नरहेपछि भक्तपुरवरपर रहेको गौकोटमा हमला गरे । त्यहाँ पनि मार खेप्नुप-यो । १५ दिनसम्म चलेको त्यो युद्धमा पनि गोरखाका तीन सय ३२ जना सिपाही मरे । यही आक्रोशमा युद्ध जितेपछि गौकोट सिंगै गाउँ नै जलाइएको भनिन्छ । फेरि कीर्तिपुर हमला गर्ने क्रममा उनले कीर्तिपुरलाई चारैतिरबाट नाकाबन्दी गरे । नाकाबन्दीताका नुन, तेलदेखि अन्न भित्र लग्न दिइएन । कसैले लगेमा मारिनेछ भन्ने घोषणा गरियो । गुप्त रूपमा लगेका मानिसलाई टाउको छिनाई मारेको कुरा इतिहासका पानामा भेटिन्छ ।
६ महिनासम्म नाकाबन्दी गर्दा पनि कीर्तिपुरका जनताले आफ्नो शिर झुकाएनन् । पृथ्वीनारायणको युद्धमोर्चा बरु थाक्यो । तर, महामात्य धनवन्त सिंख्वालका छोरा अपहरणमा परेपछि भने कीर्तिपुरका जनतामा निराशा छायो । यति नै वेला पृथ्वीनारायण शाहको टोलीले चारैतिरबाट ‘यदि तिमीहरूले आत्मसमर्पण गर्छौ भने आममाफी दिइनेछ’ भन्दै प्रचार ग-यो । यो सुनेर महामात्य धनवन्त शत्रुहरूको फौजको शरणमा परे र छोरालाई छाडिदिन अनुनय विनय गरे । तर, धनवन्तले न छोराको जीवन दान पाए, न आफूले माफी पाए ।
महामात्य धनवन्तले छोराको जीवनदान पाउने आशाले गढ पर्खालको मूलद्वार खोलिदिएपछि भित्र पसेका गोर्खाली सैनिकमाझ कीर्तिपुरका जनताले आत्मसमर्पण गरे । त्यसपछि कीर्तिपुर गोरखा राज्यको नियन्त्रणमा परेको विषयलाई देशी तथा विदेशी इतिहासकारले दर्साएका छन् । त्यसपछि काजी शूरप्रताप शाहले पृथ्वीनारायण शाहको अनुमतिमा कीर्तिपुरका जनताको नाक र मुख काटेर जुन किसिमले शारीरिक यातना दिए, त्यो बर्बरता थियो ।
तैपनि त्यतिवेलाका प्रत्यक्षदर्शीमा फादर गुस्सेपेले शंका लागेको भरमा मान्छेलाई बाटो–बाटोमा झुन्ड्याएर मार्ने गरिराखेको आफैँले देखेको दृष्टान्त आफ्नो पुस्तक ‘एकाउन्ट अफ द किंगडम अफ् नेपाल’मा (सन् १७९९, पृष्ठ ३१८) उतारेका छन् । शूरप्रताप शाहले महिला र बालबालिका नभनी नाक काटेको अभिलेख पृथ्वीनारायण शासनकालको ४ दशकको उत्तरार्धमा नेवार पण्डित सुन्दरान्द बाँडाद्वारा लिखित पुस्तक त्रिरत्न सौन्दर्यगाथाले पनि पुष्टि गरेको छ ।
इतिहासकार त्रिलोचन श्रेष्ठका अनुसार भक्तपुर पृथ्वीनारायणको अधीनमा परिसकेपछि त्यो सहर यति सन्त्रस्त बन्यो कि भक्तपुर छाडेर त्यहाँका नागरिक अन्यत्र जिल्लामा भाग्न बाध्य बनाइए । भागेका भक्तपुरका नागरिक धेरै जिल्लामा भेटिन्छन् । पृथ्वीनारायण शाहले च्वःपू अर्थात् चित्रपुरमा गरिएको दमनका बारेमा फेला नपरे पनि पण्डित सुन्दरानन्द रचित त्रिरत्न सौन्दर्यगाथा (सन् १९६२, पृष्ठ १३५) मा भेट्टाएको केही अंशअनुसार च्वःपूका नेवाःहरूले पृथ्वीनारायणले नेपाल मण्डलमाथि कब्जा गरेको विरोधमा विद्रोह गर्ने हिम्मत गरेका थिए ।
भक्तपुरका रोशन श्रेष्ठले आफ्ना अजाअजीले भन्नुभएको स्मृतिअनुसार च्वःपूका पुरुषलाई मात्र होइन, महिलाको चुल्ठो काटेर नांगै गाउँ घुमाउने गरिन्थ्यो । उनका अजाअजीहरूले आफ्नो समयमा बाबु ठेगान नभएका बासिन्दा धेरै थिए भन्नुहुन्थ्यो । सायद त्यतिवेला बलात्कार पनि भए, जसबाट जन्मेका बच्चाहरूको बाबुको पहिचान नभएको हुन सक्छ । यस अनुमानलाई पुष्टि गर्ने अरू लेखोट नभएकाले यो किंवदन्तीमै सीमित भए । रोशन श्रेष्ठकै अनुसार भक्तपुरको च्वःपू पृथ्वीनारायण शाहले रणजित मल्ललाई दुवै आँखा फोड्न लगाई काँशी पलायन गराइसकेपछि पनि गोर्खाली राज स्वीकार नगरी अन्तिम अवस्थासम्म आत्मसमर्पण नगरी बसेको नेवाः बस्ती हो ।
लेखक जनकलाल शर्माको आफ्नो पुस्तक ‘जनकलाल शर्माका संस्मरण’मा भारतको देहरादुनको चम्बा गाउँसमेत गोरखाको अधीनस्थ राज्यको रूपमा विस्तार गरेको छ । सो ठाउँका स्थानीय जनताले आजसम्म पनि गोर्खालीलाई बिर्सन नसकेको कुरा उल्लेख गर्नुभएको छ । त्यहाँका जनताले त्यतिवेलादेखि गाउने गरेको लोकगीत वहाँकै पुस्तकबाट उद्धृत गरिएको हो :
राजा तेरा गोरखियाँने लुट्या पहाड
लुट्या पहाड, गोरिरा लुट्या पहाड
तिसा लुट्या वैरा लुट्या, लुट्या भान्दल कि हार
पाँगिदी पँगवालिया लुटियाँ लुटी बाँकी नार ।।
दिल्ली युनिभर्सिटीका प्राध्यापक डा. वसुधा पाण्डेले आफ्नो शोधपत्र ‘डाइभर्जेन्ट हिस्टोरियोग्राफिकल टेडिसन्सः अ कम्पेरेटिभ स्टडी अफ् गोर्खा रुल इन कुमाओं एन्ड फार वेस्टर्न नेपाल विथ् पर्टिकुलर रेफ्रेन्स् टु जुम्ला एन्ड डोटी (पाना २)’ मा सन् १८१४ जेबी फ्रेजर भ्रमण गर्न आउँदा गोर्खालीले गरेको शासनको बारेमा लेखेका छन् ।
वर्तमान सन्दर्भ
एमाले अध्यक्ष केपी शर्मा ओलीले ९ फागुन ०७३ मा कालु पाँडेको समाधिस्थल भनिएको दहचोक पुगेर उनको वीरताको प्रशंसा गर्नुभयो । प्रधानमन्त्री भइसकेपछि ०७४ र ०७५ मा पनि ९ फागुनका दिन उहाँ गएर कालु पाँडेको सम्झना गर्दै ‘समाधिस्थल तीर्थस्थलजस्तै हो’ भनेको समाचार गोरखापत्रमा छापियो । अचम्मलाग्दो कुरा के भने आफू प्रधानमन्त्री हुनुपूर्व कीर्तिपुरका तत्कालीन एमाले कार्यकर्तालाई ‘पृथ्वीनारायण शाहले क्रूरतापूर्वक हत्या गरेको, नाक, मुख काटेको विरुद्ध आवाज उठाउनुपर्छ’ भन्दै हिँड्ने नेता ओली प्रधानमन्त्री भइसकेपछि ‘पृथ्वीनारायण शाह राष्ट्रिय एकताका प्रतीक हुन्’ भन्दै राष्ट्रिय दिवस मनाउन आह्वान गर्नाले कीर्तिपुरका जनता वर्तमान शासकको उक्साउने र झुक्याउने प्रवृत्तिप्रति आक्रोशित छन् ।
पृथ्वीनारायण शाहले हारबाट क्रोधित भएर कीर्तिपुरका जनतामाथि गरेको दमनको यहाँका जनताले सांकेतिक विरोध गर्दै आएका छन् । कीर्तिपुरको तत्कालीन गढबाहिर अवस्थित ठूलो छ्याकःल्वहँ (छ्याके ढुंगा)मा कुनै अवसर पारेर थुक्नुपर्छ भन्दै थुक्ने गर्दै आएका छन् । गणतान्त्रिक नेपालका शासकले पृथ्वीनारायणको प्रशस्ति गाउन थालेपछि सरकारको त्यो कदमको भत्र्सना गर्न २७ पुसका दिन कीर्तिपुरलगायतका अन्य जातजातिले पनि कार्यक्रममा सहभागी भएर थुक्ने काम गर्न थालेका थिए ।
तर, २७ पुस ०७५ मा गृह मन्त्रालयको आदेशअनुसार सुरक्षाकर्मीले उक्त छाकःल्वहँ लाई चारैतिरबाट घेरेर कार्यक्रम बिथोल्ने प्रयास गरेको थियो । पृथ्वीनारायण शाहको शासनकालमा गरिएको दमन र त्यसबाट आक्रान्त राजधानीमा रहेका नेवारहरूको भावनालाई ख्याल नगरी वर्तमान सरकारले दिन खोजेको सन्देश के हो ?

courtesy :jhannaya

सम्बन्धित पोस्ट
  • १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित
  • शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति
  • पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’
  • विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑