• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 07, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

क्रान्तिकारी कदम- मातृभाषामा समाचार सम्प्रेषण


सुभाय् संवाददाता October 20, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ४८ मिनेट
“कागजमा मात्रै नभई जनताको अनुहार, भाषा र संस्कृतिमा राष्ट्रियता तथा समावेशी प्रजातन्त्र झल्कनुपर्छ ।”
“भाषा र संस्कृति संरक्षणमा केन्द्रीय सरकारदेखि स्थानीय सरकारले अभियान थाल्नुपर्छ, भाषा र संस्कृति बलियो भए मात्र राज्य बलियो हुन्छ ।”
-पृथ्वीसुब्बा गुरुङ,सञ्चार तथा सूचना प्रविधिमन्त्री 
“भाषा बचेन भने मिडिया बच्न सक्दैन, मिडिया बचेन भने भाषा बच्न सक्दैन । भाषा र मिडिया एक अर्काका पुरक हुन् ।" 
-धर्मेन्द्र झा,कार्यकारी अध्यक्ष,राष्ट्रिय समाचार समिति (रासस) 
"रासस जस्तो सञ्चारमाध्यममा मातृभाषामा समाचार सम्प्रेषण गर्ने कार्य क्रान्तिकारी कदम " -सुरेशकिरण मानन्धर,भाषा आयोगका सदस्य
काठमाडौँ/ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यलाई शक्तिशाली बनाउन भाषा र संस्कृतिले अहम भूमिका खेल्ने भएकाले यसको संरक्षण गर्न जरुरी रहेको बताउनुभएको छ ।
राष्ट्रिय समाचार समिति (रासस) ले आजदेखि औपचारिकरुपमा सुरु गरेको मैथिली र नेपाल भाषा समाचारको शुभारम्भ गर्दै मन्त्री गुरुङले सरकारले भाषा संरक्षण अभियान सरकारी मातहतका सञ्चार माध्यमबाट थालनी गरेको बताउनु भयो । सबै क्षेत्रका जनतालाई साझा र समान अधिकार बाँडफाँड गर्दै राष्ट्रियतालाई प्रवर्धन गर्न सकिने उल्लेख गर्दै उहाँले भन्नुभयो, “कागजमा मात्रै नभई जनताको अनुहार, भाषा र संस्कृतिमा राष्ट्रियता तथा समावेशी प्रजातन्त्र झल्कनुपर्छ ।”
राज्यका स्रोत र साधनमा समान पहुँच भएन भने मुलुक अप्ठ्यारोमा पर्न सक्ने भन्दै मन्त्री गुरुङले प्रत्येक जातिय समुदायले आफ्ना भाषा र संस्कृति जोगाउने अवसरलाई ठूलो उपलब्धिका रुपमा लिन सकिने बताउनुभयो ।
सभ्य, शान्त, समृद्ध, विशाल र अखण्ड समाज निर्माण गर्ने अभियानमा यस्ता कार्य पहिलो पाइलो भएको उल्लेख गर्दै नेपाल सरकारका प्रवक्ता गुरुङले यस्ता प्रयास निरन्तर जारी रहन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । सरकारको सय दिने कार्य सम्पादनको पहिलो कार्य योजनामा राससलाई २४सै घन्टा सेवा प्रवाह गर्ने, रासस सङ्ग्रालय बनाउने र दुईवटा भाषामा समाचार सम्प्रेषण गर्ने जिम्मेवारी दिएकामा त्यसमा राससले सफलता प्राप्त गरेको भन्दै मन्त्री गुरुङले धन्यवाद ज्ञापन गर्नुभयो ।
रासससँगै रेडियो नेपाल, गोरखापत्र र नेपाल टेलिभिजनसमेतमा थप मातृभाषा समावेश हुनुले सङ्घीय समावेशी अवधारणा बलियो भएको उहाँको भनाइ थियो । स्थानीय सरकारसमेतले लोपोन्मुख भाषा संरक्षण अभियान चलाउनुपर्ने मन्त्री गुरुङले सुझाव दिनुभयो ।
“भाषा र संस्कृति संरक्षणमा केन्द्रीय सरकारदेखि स्थानीय सरकारले अभियान थाल्नुपर्छ”, उहाँले भन्नुभयो, “भाषा र संस्कृति बलियो भए मात्र राज्य बलियो हुन्छ ।”
मन्त्रालयका सचिव राधिका अर्यालले मातृभाषा समुदाय विशेषको आत्मसम्मान र गौरव गर्ने विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विविधतालाई जोड्ने र सबै भाषालाई मूल प्रवाहिकरणमा ल्याउने काम राससलगायतका सञ्चारमाध्यमले गरेका छन् । यसले समावेशीताको प्रवर्धन गर्छ ।”
राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससले प्रारम्भ गरेको मातृभाषाको समाचार सेवालाई दीगो बनाउन सबैसँग सहयोगका लागि आह्वान गर्नुभयो ।
उहाँले भन्नुभयो, “भाषा बचेन भने मिडिया बच्न सक्दैन, मिडिया बचेन भने भाषा बच्न सक्दैन । भाषा र मिडिया एक अर्काका पुरक हुन् । राष्ट्रको विस्तृत हित सोच्दै गर्दा सङ्क्रिर्ण सोच आफैँ हराउँदै जान्छ ।”
राससका महाप्रबन्धक सिद्धराज राईले नागरिकको सूचनाको हक स्थापित गर्ने सिलसिलामा राससले सरकार र जनताबीच पुलको काम गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पछिल्ला दिनमा राससले २४ सै घण्टा समाचार सेवासँगै संविधानको मर्म र भावनाअनुरुप विभिन्न मातृभाषामा समाचार सेवालाई स्थान प्रदान गर्दै अघि बढिरहेको छ ।”
भाषा आयोगका सदस्य सुरेशकिरण मानन्धरले रासस जस्तो सञ्चारमाध्यममा मातृभाषामा समाचार सम्प्रेषण गर्ने कार्य क्रान्तिकारी कदम भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सञ्चारमाध्यमले बहुभाषामा समाचार सम्प्रेषण गर्नु देशका विभिन्न भाषाभाषि र जातजाती समुदायका लागि गौरवको विषय हो ।”
प्रा डा योगेन्द्रप्रसाद यादवले भाषाको विकास र सम्वर्धन गर्न त्यसको प्रयोग आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मातृभाषाको प्रयोग गर्न पाउनु मौलिक अधिकार हो । पछिल्लो समय मातृभाषाको प्रयोग बढ्दै गएको छ ।” रासस
सम्बन्धित पोस्ट
  • कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश
  • वंशजका नेपाली नागरिकको नागरिकता निरन्तरता र राजनीतिक अधिकार सुनिश्चित गर्न संविधान संशोधनको माग
  • “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण
  • नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑