January, 2020
स्वस्थानी कथाको विकथन
Maharjan Ratna
सरिता तिवारी मुखर प्रश्नको सम्मानित ‘स्पेस’ र तिनको ठोस उत्तर खोज्ने अभ्यास लोकतन्त्रको सौन्दर्य हो । यही मानेमा, स्थापित र प्रचलित कतिपय मूल्यमान्यता जो लोकतान्त्रिक समाजका लागि असुहाउँदा मात्रै छैनन्, हानिकारक र प्रत्युत्पादकसमेत छन्, तिनका विषयमा प्रश्न उठाउने क्रम थालिएको छ । ऐनमौका, सन्दर्भ र आवश्यकताले पनि कतिपय छलफल अनिवार्य बनाइदिएका छन् । सयौं, हजारौं वर्षदेखि कायम रहेका संरचनागत हिंसा र विभेदका जराहरू पहिल्याउन हाम्रा अवचेतनभित्रै थिग्रिएर बसेका मान्यताहरू खकाल्नु जरुरी छ । यदि हामी आफूलाई स्वस्थ मानिस ठान्छौं भने, हामीलाई यस्ता छलफलबाट आँखा लुकाएर भाग्ने या ‘डलर–खेती’ जस्ता ओठे