• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 09, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

थेरवाद बौद्ध संग्रहालय उद्घाटन हुने !


सुभाय् संवाददाता January 19, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ६ मिनेट

थेरवाद बौद्ध संग्रहालय स्थापना हुने स्थल लुम्बिनीस्थित धर्मोदय सभाको स्वयम्भू चैत्य महाविहार 

­

 

काठमाडौं / भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनीस्थित धर्मोदय सभा स्वयम्भू महाचैत्य विहारमा निर्माण भइरहेको थेरवाद बौद्ध संग्रहालयको उद्घाटन आउँदो माघ १२ गते हुने भएको छ ।
आइतबार काठमाडौंको संघाराम विहारमा एक पत्रकार सम्मेलन गरि उक्त संग्रहालयकोबारे जानकारी गराएको थियो ।संग्रहालयको उद्घाटन प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल ले गर्नुहुने कार्यक्रम रहेको छ ।
बौद्ध महिला संघ नेपालको सक्रियतामा थेरबाद बुद्धिस्ट एकेडेमी , अखिल नेपाल भिक्षु महासंघ तथा अन्तर्राष्ट्रिय भिक्षुणी संघसँगको सहकार्यमा निर्माणको पहिलो चरण सम्पन्न भइसकेको छ । यस संग्रहालयले जानकारी तथा मनोरञ्जनका सामग्रीहरुको माध्यमबाट थेरबाद बुद्ध धर्मको अनौपचारिक शिक्षण संस्थाको कार्य गर्ने तथा पर्यटन विकासमा समेत टेवा पुर्‍याउने विश्वास गरिएको छ ।
नेपालमा थेरवाद परम्परा लोप भएको ६ सय वर्षपछि ८० वर्ष अगाडिदेखि थेरवाद बुद्ध धर्मको पुनर्जागरण भएको थियो ।
हालै उद्घाटन हुन लागेको थेरबाद संग्रहालयमा बुद्ध जीवनी थेरवाद बुद्ध धर्मको इतिहास अध्ययन अनुसन्धान गर्न समेत मद्दत पुर्‍याउने विश्वास लिइएको छ ।
यस संग्रहालयमा ६ वटा ग्यालरी हुनेछ्न् । फरक फरक ग्यालरीहरुमा बुद्ध जीवनी,नेपालमा थेरवाद बुद्ध धर्मको इतिहास , थेरवाद भिक्षु परम्परा ,थेरबाद बौद्ध मूर्ति र साहित्य , आठ प्रमुख बौद्ध तीर्थस्थल, बौद्ध कला तथा वास्तुकला, थेरवाद बौद्ध प्रतिमा लक्षण ,थेरवाद बुद्धधर्मको बिस्तार ,थेरवाद भन्ते तथा गुरुमांहरुको व्यक्तिगत सरसामानहरु , बौद्ध पुरातात्त्विक स्थलहरु ,थेरवाद बौद्ध संस्थाहरु तथा सामाजिक सम्बन्ध आदि सामाग्रीहरु प्रदर्शनमा राखिने छन् ।
वरिष्ठ संग्रहालयविद जलकृष्ण श्रेष्ठले यस संग्रहालयको प्राविधिक कार्य हेर्ने काम गर्दै हुनुहुन्छ । संग्रहालयको निर्माणदेेेेखि   उद्घाटनको तयारीसम्मको अवस्थाबारे जानकारी दिनुहुँदै म्युुुजियम भनेेेको कहिल्यै निर्माण पूर्ण  नहुुुने सामाग्रीहरु थपिंदै जाने विचार पनि राख्नुभयो ।

सम्बन्धित पोस्ट
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑