January, 2020
काष्ठमण्डप पुन: निर्माणलाई कामपाको ५ करोड हस्तान्तरण
Maharjan Ratna
काठमाडौं /काठमाडौं महानगर पालिकाले काष्ठमण्डप पुनः निर्माण समितिलाई ५ करोड रुपियाँको चेक हस्तान्तरण गर्यो । काठमाडौंको न्युरोडस्थित विशाल बजारमा रहेको सासा बैंक्वेटमा माघ ९ गते महानगर पालिकाले कार्यक्रम आयोजना गरि समितिलाई दोस्रोपटक ५ करोडको चेक हस्तान्तरण गरेको हो । काठमाडौं महानगर पालिकाका मेयर विद्यासुन्दर शाक्यले उक्त चेक पुनः निर्माण समितिका संयोजक प्रदेश सभा सदस्य राजेश शाक्यलाई हस्तान्तरण गरेका थिए । मन्तव्य राख्ने क्रममा संघीय सांसद कृष्णगोपाल श्रेष्ठले समितिको कार्यप्रगतिको प्रशंसा गर्दै यहि कार्यकालमा काष्ठमण्डप पुनः निर्माण पूरा हुने विश्वास व्यक्त गरे । मेयर विद्यासुन्दर शाक्यले महानगर भित्रका कुनै पनि मूर्त