• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 11, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

राष्ट्रिय सभा नेकपामय निर्वाचन भएका १८ मध्ये १६ मा नेकपा र २ सिटमा राजपा विजयी


सुभाय् संवाददाता January 23, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

राष्ट्रिय सभाको निर्वाचन भएका १८ सिट मध्ये १६ वटामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा विजयी भएको छ। प्रदेश- २ बाट २ सिटमा मधेश केन्द्रीत दल राष्ट्रिय जनता पार्टी नेपालले जित हात पारेको छ। प्रदेश-२ मा नेकपा र राजपाले तालमेल गरेका थिए।
निर्वाचन भएका सात वटा प्रदेश मध्ये ६ वटा प्रदेशमा नेकपाले एकलौटी जित हात पारेको छ। प्रदेश-२ मा नेकपाले राजपासँगको तालमेलका कारण दुई सिट हात पार्न सफल भएको छ। राजपाले अन्य दलसँग चुनावी तालमेले गरेको भए नेकपाले त्यहाँ कुनैपनि सिट हात पार्न सक्ने थिएन। राष्ट्रिय सभा निर्वाचनका लागि ४५ उम्मेद्वार प्रतिष्पर्धामा थिए।
प्रदेश १ बाट महिला तर्फ इन्दिरा देवी गौतम, दलित तर्फ गोपी बहादुर सार्की आछामी र अन्य तर्फ देबेन्द्र दाहाल विजयी भएका छन्। उनीहरु तीनै जना सत्तारुढ नेकपाका उम्मेद्वार हुन्।
प्रदेश २ मा महिला तर्फ तुलसा कुमारी दाहाल र दलित तर्फ राधेश्याम पासवान विजयी भएका छन्। उनीहरु नेकपाका उम्मेद्वार हुन्। अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक तर्फ शेखर कुमार सिंह र अन्य तर्फ मृगेन्द्र कुमार सिंह यादव राजपाबाट विजयी भएका छन्।
बागमती प्रदेशबाट महिला तर्फ गंगा कुमारी वेलवासे, अन्य तर्फ बेदुराम भुसााल विजयी भएका छन्।
गण्डकी प्रदेशबाट महिला तर्फ भगवती न्यौपाने, अन्यतर्फ नारायण काजी श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठ नेकपाका सचिवालय सदस्य तथा प्रवक्ता हुन्।
प्रदेश ५ बाट महिलातर्फ बिमला घिमिरे, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक तर्फबाट जग प्रसाद शर्मा, अन्यबाट गोपाल भटृराईले जित हात पारेका छन्। सबै नेकपाका उम्मेद्वार हुन्।
कर्णाली प्रदेशबाट महिला तर्फ सुमित्रा वि.सी. र अन्य तर्फ माया प्रसाद शर्मा विजयी भएका छन्। कर्णालीमा पनि जित्ने दुवै नेकपाका उम्मेद्वार हुन्।
त्यसैगरि सुदूरपश्चिम प्रदेशबाट महिला तर्फ शारदा देवी भटृ र अन्य तर्फ तारामान स्वांर विजयी भएकी छन्। निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभाका सांसदहरु तर्फबाट ९९. १५ र स्थानीय तहका प्रमुख र उपप्रमुखका तर्फबाट ९९.१९ प्रतिशत मतदान भएको थियो।
राष्ट्रिय सभामा निर्वाचित भएपनि सांसदहरुको कार्यकाल फागुन २१ गतेबाट मात्र सुरु हुनेछ। फागुन २१ गते राष्ट्रिय सभाको १९ सिट रिक्त हुदैँछ। रिक्त हुने १ सिटमा भने प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछिन्।

सम्बन्धित पोस्ट
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑