• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 07, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

बागमती प्रदेशमा ऐतिहासिक भाषा ऐन शुभारम्भ


सुभाय् संवाददाता May 7, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ९ मिनेट

काठमाडौं /बागमती प्रदेश सरकारले नेपालभाषा र तामाङ भाषालाई प्रदेशको सरकारी कामकाजी भाषाको रूपमा प्रयोग हुनेगरी पारित गरिएको भाषा सम्बन्धी ऐन बैशाख २४ गतेबाट कार्यान्वयन भएको छ । प्रदेश सरकारले गत कार्तिक २३ गते यो ऐन प्रदेश राजपत्रमा प्रकाशित गरिएको थियो भने राजपत्रमा प्रकाशन भएको १८० दिनपछि कार्यान्वयनमा जाने प्रावधान अनुसार बैशाख २४ गतेबाट यो ऐन सक्रिय भएको हो ।
यस अवसरमा काठमाडौंको बसन्तपुरमा आयोजित एक बृहत समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बागमती प्रदेशको ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन-२०८०’ शुभारम्भ भएको घोषणा गरेका थिए । कार्यक्रम बागमती प्रदेश सरकार पर्यटन संस्कृति तथा सहकारी मन्त्रालय, नेवा: देय् दबू तथा तामाङ घेदुङको संयुक्त आयोजनामा भएको थियो ।
शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यो ऐन लागू भएको दिन नेपालको स्वाधीनता, स्वतन्त्रता व आत्मनिर्भरताको पक्षधर सबैको लागि खुशीको दिन भएको बताए ।
यो ऐन बागमती प्रदेशबाट आएको भएपनि यसको दूरगामी र राष्ट्रिय महत्व भएकोले संघीय राजधानीमै शुभारम्भ समारोह गरी संघीय सरकारको तर्फबाट समेत यसलाई उत्तिकै महत्व दिएको उनले बताए । बागमती प्रदेशका माननीय मुख्यमन्त्रीज्युले यो ऐन ल्याई एक साहसिक कार्य गरेको भन्दै प्रम प्रचण्डले त्यसैले यो ऐन लागू गर्न आवश्यक मद्दत गर्ने प्रतिबद्धता व्यक्त गरे ।
समारोह बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सभापतित्वमा भएको हो ।समारोहमा स्वागत मन्तव्य राख्दै बागमती प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान वज्राचार्यले देशमा आएको संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थाले मात्र भाषाभाषीलाई यस्तो अधिकार प्राप्ति हुन सक्ने बताउनु भयो । उनलेे यो ऐन पारित गर्ने कार्यमा योगदान गर्नुहुने भाषा आयोग लगायत बागमती प्रदेशको पहिलेको सरकार र समस्त सांसदहरुलाई पनि धन्यवाद व्यक्त गरे । ऐन कार्यान्वयनमा आएको खुशीको कुरा भएको बताउँदै यसलाई कार्यान्वयन गर्दै लैजाने कार्यमा सबै एकजुट भई जानुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेवाः देय् दबूका अध्यक्ष पवित्र वज्राचार्यले यो ऐनलाई अब व्यवहारमा लागू गर्ने सवालमा अझै धेरै समस्याहरु आउन सक्ने संकेत गरे । उनले भने ‘बागमती प्रदेश सरकारले आज घोषणा गरेको सार्वजनिक बिदा दिने सवालमा हिजो नैं येँ महानगरपालिकाको तर्फबाटपाखें धेरै आनाकानी गरेको र यसले प्रदेश सरकारबाट पारित गरेको भाषा सम्बन्धी ऐन कार्यान्वयन गर्ने  सवालमा पनि धेरैं प्रश्नहरु उब्जिन सक्ने संकेत दिए।
तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले भाषिक अधिकार चाहियो भन्दै पहिले आफूहरूले आन्दोलन गर्दै हिंडेको आज त्यही आन्दोलनबाट यो उपलब्धी प्राप्त भएको खुशीको कुरा हो भन्दै बागमती प्रदेशबाट ऐन जारी भएकोले आफूहरूले बढाइरहेको आन्दोलनको एक चरण प्रारम्भ भएको बताए ।
जनकवि दुर्गालाल श्रेष्ठ सम्मानित
समारोहकै क्रममा मातृभाषाका अग्रज व्यक्तित्व जनकवि दुर्गालाल श्रेष्ठलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोसल्ला ओढाइ सम्मान गरे ।सम्मानपछि सक्षिप्त मन्तब्य राख्ने क्रममा आफू जीवनभर नेपाल भाषाको सिपाहीको रुपमा काम गरेको र बाकी जीवन पनि यसमै खर्चने मन्तव्य राखे ।

सम्बन्धित पोस्ट
  • नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै
  • प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन
  • शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै
  • ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑