• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 23, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सुभाय् पोस्ट बिशेष

कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाउन फ्रान्स उड्दै बालेन


सुभाय् संवाददाता May 14, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह फ्रान्समा आयोजना हुने कान्स फिल्म फेस्टिभलमा सहभागी हुने भएका छन् । कान्समा सहभागिता जनाउन बालेन सोमबार राति नै दुई जना सल्लाहकारसहित फ्रान्सतर्फ प्रस्थान गर्दैछन् ।
महानगर प्रमुख बालेनसँग कुमार व्यञ्जनकार र सुनिल लम्साल पनि फ्रान्स जाने भएका हुन् । कान्सका मेयर डेभिड लिसनार्डको निमन्त्रणामा फ्रान्स जान लागेका बालेनले फेस्टिभलमा तीन दिन बिताउने कार्यक्रम छ । बालेनले त्यो अवधिमा फेस्टिभलका विभिन्न गतिविधिहरूमा सहभागिता जनाउने बताइन्छ । मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग उनको भेटवार्ता समेत हुँदैछ । बालेनले फेस्टिभलको रेड कार्पेट तथा प्रीमियरमा समेत सहभागिता जनाउने निश्चित भएको छ ।
बालेनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको समेत आयोजना गरिने बताइन्छ । बालेनले कान्स फिल्म फेस्टिभलको क्रममा अडियो–भिजुअल कन्टेन्ट क्रिएसन चेनको अवलोकन समेत गर्ने कार्यक्रम पनि तय भएको छ ।
यसअघि, गत वर्षको कात्तिक महिनामा युनेस्कोले नेपालको संघीय राजधानी काठमाडौँलाई ‘फिल्मको रचनात्मक सहर’ को रूपमा सूचीकृत गरेको छ । फ्रान्सको कान्स पनि फिल्मको क्रिएटिभ सिटीको रूपमा सूचिकृत भएको सहर हो । त्यसैले कान्सका मेयरले बालेनलाई पठाएको निमन्त्रण पत्रमा फेस्टिभल फिल्मको क्रिएटिभ सहरलाई एक ठाउँमा ल्याउने अवसरको रूपमा उल्लेख गरेका छन् ।
भोलि १४ मे अर्थात जेठ १ गतेदेखि २५ मे अर्थात जेठ १२ गते शनिबारसम्म आयोजना हुने कान्स फिल्म फेस्टिभलमा नेपालमा छायांकन भएको फिल्म ‘द सेमलेस’ अन रिगार्ड विधा तथा नेपाली भाषाको फिल्म ‘‘ताराः अ लस्ट स्टार’ मार्केट स्क्रिनिङ विधामा छनोट भएका छन् ।(साभार)

सम्बन्धित पोस्ट
  • “चेतावनी आयो, तर हामीले पत्याएनौँ “-‘हिमाली सुनामी’प्रहार बेत्रावतीकोस्मरण
  • नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
  • ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ “-‘हिमाली सुनामी’प्रहार बेत्रावतीकोस्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    वन्दना राणाको ‘शिव ताण्डव’सार्वजनिक

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ “-‘हिमाली सुनामी’प्रहार बेत्रावतीकोस्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    सुभाय् पोस्ट बिशेष

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ “-‘हिमाली सुनामी’प्रहार बेत्रावतीकोस्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑