• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / खेलकुद

संकटाद्वारा एपीएफ पराजित ,चौथो जितसँगै आर्मी शीर्ष स्थानमा


सुभाय् संवाददाताJanuary 9, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

२४ पुस, काठमाडौं । संकटा क्लबले शहीद स्मारक ए डिभिजन लिगमा बिहीबार सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ४-२ ले पराजित गरेको छ ।दशरथ रंगशालामा भएको खेलमा १९ औं मिनेटमा लक्ष्मण रुचालले करिब २५ यार्डबाट प्रहार गरेको प्रिकिक गोलबाट संकटाले अग्रता लिएको थियो । पेनाल्टी एरियामा वान बाउन्स भएर बल गोल भए पनि एपीएफका गोलकिपर अमृत चौधरीले रोक्ने कुनै मौका पाएनन् ।
४४ औं मिनेटमा कर्ण सुब्बाले गोल गर्दै संकटाको अग्रता दोब्बर पारे । पेनाल्टी एरियामा अजयी मार्टिन्स कोयोडोको पासमा कर्णलेको पहिलो प्रहार एपीएफका गोलकिपर अमृतले रोकेका थिए तर त्यसमै बएको रिबाण्डमा कर्णले नै गोल गरेका हुन् ।
५३ औं मिनेटमा अजयीले नै गोल गर्दै संकटालाई ३-० को अग्रता दिलाए । तर एपीएफले लगातार दुई गोल फर्काउँदै खेलमा फर्कने संकेत गरेको थियो । ५६ औं मिनेटमा नवीन लामा र ७२ औं मिनेटमा आशिष लामाले गोल गर्दै खेल ३-२ को स्थितिमा पुर्‍याए । तर ८८ औं मिनेटमा अजयी मार्टिन्सले नै गोल गर्दै संकटालाई ४-२ को अग्रता दिलाए ।
विभागीय टोली त्रिभुवन आर्मी सिजनमा पहिलो पटक शहीद स्मारक ए लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
बिहीबार भएको खेलमा आर्मीले सरस्वती युथ क्लबलाई १–० गोल अन्तरले हराएको हो ।लिगमा आर्मीको यो चौथो जित हो । पाँचमध्ये चार खेल जितेको आर्मी १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । मनाङ मर्स्याङ्दी ११ अंकका साथ दोस्रो स्थानमा छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सरस्वतीलाई पराजित गर्न आर्मीका जर्ज प्रिन्स कार्कीले निर्णायक गोल गरे । खेलको २९ औं मिनेटमा दिनेश हेन्जनले पेनाल्टी एरियामा दिएको क्रसमा जर्जले गोल गरेका हुन् । दोस्रो हाफमा पनि हार्मीले गोल गर्ने अवसर पाएको थियो तर सदुपयोग गर्न सकेन । ७४औं मिनेटमा सन्तोष तामाङको फ्रिकिकमा नवयुग श्रेष्ठले हानेको बल पोष्ट नजिकैबाट बाहिरियो । लगत्तै टंक बस्नेतले वान भर्सेस वानमा चुकेको थिए ।

सम्बन्धित पोस्ट
  • नेपाल पर्वतारोहण संघको अध्यक्षमा शेर्पा निर्वाचित
  • बेलून दुर्घटनामा परेका उपप्रधानमन्त्री तथा पोखराका मेयर कीर्तिपुर अस्पतालको आइसियुमा उपचाररत
  • ठूलो पुरस्कार सहित पाचौँ अकिआस खुल्ला फुटसल कप २०८१ सञ्चालन हुँदै
  • नेवाः मैंचा ( आत्मपरक छपु लुमन्ति लेख )
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑