• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / खेलकुद

सागको आठौं दिन समाप्त हुँदा ७६ स्वर्णको स्पर्धा बाँकी , फूटबलमा नेपाल बंगलादेशलाई पराजित गर्दै फाइनलमा प्रवेश


सुभाय् संवाददाताDecember 8, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ६ मिनेट

नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)को आठौं दिन दुई स्वर्णसहित २२ पदक प्राप्त गरेको छ । आठौं दिन गौरिका सिंहले सागको एउटै संस्करणमा तीन स्वर्ण जित्ने पहिलो नेपाली बन्ने कीर्तिमान समेत बनाउनुभयो । आठौं दिन नै सुरु भएको जुडो स्पर्धामा नेपालका लागि देविका खडकाले पहिलो स्वर्ण जित्नुभयो ।
काठमाडौं–पोखरा र जनकपुरधाममा जारी सागको तेह्रौं संस्करणको आठौं दिन नेपालले पुरुष फुटबलमा बङ्गलादेशलाई हराएर फाइनलको यात्रा समेत तय गरेको छ । नेपालको फाइनलमा यो छैठौं यात्रा हुनेछ । नेपालले बङ्गलादेशबाट सन् १९८९ को साग संस्करणको फाइनलमा १–० ले पराजित भएको थियो । करीब तीन दशकपछि नेपालले बङ्गलादेशलाई हराएर उक्त स्पर्धाको बदला मात्रै लिएनन बरु सागको स्वर्णको स्पर्धाबाट समेत बाहिर पठायो ।


नेपालले फाइनलमा अब भुटानको सामना गर्नेछ । स्वर्णको लागि भुटान र नेपालबीचको खेल आगामी मङ्सिर २४ गते मंगलबार साँझ पाँच बजे दशरथ रङ्गशालामा हुनेछ । क्रिकेट, भलिबल जस्ता प्रतिष्ठित विधाको स्वर्ण पदकको होडबाट बाहिरिएको नेपालले फुटबलमा स्वर्ण पदकको होडमा उभ्याउँदा नेपाली खेल प्रशंसक उत्साहित छन् । र घरेलु मैदानको उपलब्धताले घरेलु टोलीलाई स्वर्ण जित्ने ऐतिहासिक र सुनौलो अवसर मात्रै हैन बरु डिफेन्डिङ च्याम्पियनको उपाधि जोगाउने अवसर समेत प्राप्त भएको छ ।


लिग चरणको पहिलो खेलमा ४–० को हार बेहोरेको अर्का स्पर्धी भुटानमाथि दबाब हुनेछ । यद्दपी भुटान समक्ष गुमाउनलाई केही छैन् । सागको तेह्रौं संस्करणमा हालसम्म एउटै स्वर्ण र रजत जित्न नसकेको भुटानले कम्तिमा रजत पदक जित्ने तय भइसकेको छ ।
भारत्तोलनमा अहिलेसम्मकै उत्कृष्ट नतिजा
तेह्रौं सागको भारत्तोलन विधामा नेपालले साग इतिहासको सबैभन्दा उत्कृष्ट नतिजा प्राप्त गरेको छ । भारत्तोलन विधाको खेल समाप्त भइसकेको छ । भारत्तोलन विधामा कुल २० स्पर्धा भएको थियो । नेपालले उक्त २० स्पर्धामध्ये १६ मा पदक प्राप्त गर्यो । जसमा दुइ स्वर्ण समेत सामेल छ । भारत्तोलनको सबै स्पर्धा सकिनुअघि नेपालले आइतबार एक रजत र एक कास्य प्राप्त गर्यो ।
भारत्तोलनमा भारतले सबैभन्दा बढी नौ वटा स्वर्ण पदक जित्यो । पाकिस्तानले छ स्वर्ण जित्दा नेपाल, बङ्गलादेश र श्रीलङ्काले सामान दुई दुई स्वर्ण जित्यो । भुटानले एक मात्र कास्य प्राप्त गर्न सक्यो ।
७६ स्वर्णको स्पर्धा बाँकी
तेह्रौं सागको आठौं दिनसम्म २४८ स्वर्णको नतिजा आइसकेको छ । ७६ स्वर्णको लागि आगामी दुई दिन भित्र स्पर्धा हुनेछन् । नेपालले आठौं दिन दुई स्वर्ण, दश रजत र दश कास्य जितेको छ ।नेपालका लागि गौरिका सिंहले ४०० मिटरको फ्री स्टाइलमा स्वर्ण पदक दिलाउनुभयो । त्यसैगरी, देविका खड्काले जुडोमा स्वर्ण पदक जितेर नेपाललाई ४५ औं स्वर्ण दिलाउनुभयो । हालसम्म नेपालले ४५ स्वर्ण, ४४ रजत र ७६ कास्य गरी कुल १६५ पदक जितेको छ ।

भारतले हालसम्म १३२ स्वर्ण जितेको छ । ७९ रजत र ४१ कास्य गरी भारतले कुल पदक संख्या २५२ पुर्याएको छ । आठौं दिन भारतले २२ स्वर्ण, छ रजत र पाँच कास्य जित्यो ।
तेस्रो स्थानको श्रीलङ्काले आइतबार छ स्वर्ण, ११ रजत र दश कास्य जितेको छ । उसले हालसम्म ३६ स्वर्ण, ६८ रजत र ९३ कास्य गरी कुल पदक संख्या १९७ पुर्याएको छ ।
पाकिस्तानले पनि आइतबार पाँच स्वर्ण, चार रजत र ११ कास्य जितेको छ । उसले २९ स्वर्ण, ३४ रजत र ४७ कास्य गरी कुल १०५ पदक प्राप्त गरेको छ । पाँचौं स्थानको बङ्गलादेशले आइतबार एक स्वर्ण, छ रजत र ११ कास्य जित्यो । उसले आठ स्वर्ण, २८ रजत र ६६ कास्यसहित १०२ पदक प्राप्त गरेको छ ।
माल्दिभ्सले एक स्वर्ण र दुई कास्य गरी तीन पदक र भुटानले हालसम्म नौ कास्य जितेको छ ।

साभार:गोरखापत्रअनलाइन

सम्बन्धित पोस्ट
  • नेपाल पर्वतारोहण संघको अध्यक्षमा शेर्पा निर्वाचित
  • बेलून दुर्घटनामा परेका उपप्रधानमन्त्री तथा पोखराका मेयर कीर्तिपुर अस्पतालको आइसियुमा उपचाररत
  • ठूलो पुरस्कार सहित पाचौँ अकिआस खुल्ला फुटसल कप २०८१ सञ्चालन हुँदै
  • नेवाः मैंचा ( आत्मपरक छपु लुमन्ति लेख )
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑