• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 07, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  कला/मनोरंजन

फुङ्लिङको पेट्रोल


सुभाय् संवाददाता October 27, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

-महर्जन रत्न
ताप्लेजुङ फुङ्लिङ बजार ; बाइकमा तेल कम भैसकेको थियो पेट्रोल पम्प पुग्न तल पुग्नु पर्ने । बजारमा बोटलमा भरेर नि तेल बेच्ने चलन रहेछ । म एउटा पसलमा पुगें ।
साउजी ग्राहकहरुलाई सामान दिदै थिए । साउनी बडेमानको मोबाइल सेट्मा फेसबुक नि चलाउँदै क्यलकुलेटर थिच्दै पैसा बुझ्दै थिइ ।
मैले सोधें तिनलाइ
– पेट्रोल पाइन्छ ?
-छ ।
छोटो जवाफ दिदै मेसेन्जरमा बिजि भइन् । साहुजी ब्यस्त अन्तै । त्यतिबेला मेरो मोबाइलमा भाइब्रेशन आयो । मैले पैन्टको गोजीको मोबाइल झिकें र हेरें मेसेन्जरमा मेसेज आएको रहेछ ।
– हाइ
-हेलो
मैले जवाफ फर्काउँदै साउनितिर गएर भनें
– ५ लिटर पेट्रोल राख्दिनुस्
तिनले मलाई यसरी हेरिन् कि मानौं कि म तिनलाई डिस्टब गर्दैछु ।अनि काम गर्ने केटालाई अर्‍हाए
– ५ लिटर पेट्रोल राख्दे ।
अनि तिनी मेसेन्जरमा टाइप गर्न थालिन
– अनि के छ हजुर ? के छ नयाँ प्रोजेक्ट ? हामीलाई नि फिल्ममा खेलाउने हैन?
मैले नियालेर हेरें मेरै एकाउन्टमा पो टाइप हान्दै थिइ ।
त्यति नै बेला काम गर्नेले 5 वटा एक लिटरका बोटल ल्याइदिए । तिनले हत्तपत्त क्यालकुलेटर थिचेर भने
-५२५ रुपियाँ ।
तिनी मलाई सकेसम्म चाँडै भगाई chat गर्न चाहन्थिन् स्पष्ट देखिन्थ्यो।
मैले पैसा दिएँ तिनलाई एकपल्ट राम्ररी हेरें । तिनि रिसाउँदै कराइन्
-लिनुस् गाडी जाम भैसक्यो ।
हुन पनि साँघुरो बाटो ठूल्ठूला गाडी नि छिर्दै छन् । मेरो मोबाइलको भाइब्रेसन एकपछि अर्को बज्न थाल्यो । म पेट्रोल ट्यांकीमा पेट्रोल राख्दै थिएँ ।
मैले साउनीलाई फेरि एकपटक जिस्काउँदै हेरें । तिनी मुर्मुरिएकी देखिन्थी । मानौं मैले गर्दा उसको मेसेजको जवाफ आइरहेको छैन । मुसुक्क हाँस्दै बाइक स्टार्ट गरेर हिंडें ।
तल ताप्लेजुङ फुङ्लिङ बजारको गेटनिर रहेको नेवारी खाजाघरमा बाइक रोकि भित्र पसें खाजा अर्डर गरि मोबाइलमा उसको मेसेज हेरें ।
– हजुर कता हो
– शुटिंगमा बिजि हो ?
– म नि बिजि छु अफिसमा
– हजुरको याद आएर मात्र
– हजुर बिजि हो भने बिजि भने भैहाल्यो नि
-कस्तो छि हजुर !!!
कति लेख्न भ्याएकी रहिछन् ।म जवाफ लेख्न सोच्दै थिएँ ।
त्यतिबेला अर्को मेसेज आयो
– हजुर सिंगापुर आउनुहुन्छ भने म घुमाइदिन्छु भनेको त आउनु नि हुन्न कैलेइ ।
म अक्क न बक्क भएँ जवाफ सुझेन । एउटा हाँसेको स्टिकर पठाएँ र हिडें । ताप्लेजुङका मेची राजमार्ग अन्तर्गतका डरलाग्दा पहिराहरुतिर बाइक गुडाएँ।
(fiction- a short story)
13 november 2016 -Taplejung

सम्बन्धित पोस्ट
  • प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन
  • ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक
  • असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन
  • जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरको आठ दशक’ कार्यक्रम, छ कृति विमोचनसहित ‘अक्षर महर्षि’ सम्मान प्रदान
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑