• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 08, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  कला/मनोरंजन

“ट्यांचलाक” अर्थात उज्यालो उन्मुख “


युवराज मास्की October 26, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

चलचित्र लगानी साहसीहरुले गर्ने लगानी हो । कलाको लगानी अन्य क्षेत्रहरुको लगानी भन्दा उच्च जोखिमको लगानी हो । त्यसमाथी मातृभाषी चलचित्रको लगानी अझै बढी जोखिमको लगानी हो । चलचित्र विकास वोर्डमा दर्ता, सेन्सर गरेर पनि अझै हलमा नलाग्ने, वितरकहरुले नकिन्ने भएकोले पनि मातृभाषी चलचित्रले प्रतिफलको आशा झनै कम मात्र गर्न सकिन्छ । मातृभाषी चलचित्रहरुको बजार विकासको लागि चलचित्रप्रेमिहरु, संवन्धित समुदाय र संघ संस्थाहरुको अझै पनि विशेष मायाको खाँचो रहेको छ । निर्माण भएका चलचित्रहरुको अँध्यारो पक्षहरुमात्र कोट्याउने बेला अझै आइसकेको छैन ।

कार्तिक ८ गते शुक्रबार मार्टिन चौतारीमा मेक बहादुर पुन (मेजन) द्वारा लिखित तथा निर्देशित चलचित्र ट्यांचलाक (उज्यालो उन्मुख)को प्रेस शो हेर्ने अवसर मिल्यो ।

६५ मिनेट लामो उक्त कथानक चलचित्र तनहुंको मानुंकोट वरपर छायांकन गरिएको छ । कौरा संगीतवाट सुरु भई कौरामा नै अन्त्य भएको देखाइएको यस चलचित्रमा जग्गा अधिकरण वा व्यवसायीले मान्छे लगाई ललाई फकाई गरि जग्गा सस्तोमा बेच्न लगाई किन्ने र रैथाने वासिन्दाहरुलाई विस्थापित गर्ने, आम्दानीको लागि विदेश गई खतरनाक काम गर्नु पर्ने वाध्यता, आधारभूत स्वास्थ्य सेवाको अभाव, नारी सशक्तिकरण आदि बहुप्लटमा लिखित चलचित्रको कथानक समय अलि छोटो लाग्छ । आख्यान रचनामा सर्जक वा निर्देशकले समय वा काल उडान गर्न सक्छन् तर यो चलचित्र हेर्दा विवाह, मृत्यु संस्कार आदिमा सत्य समयमा वगिदिएजस्तो लाग्छ ।
निर्देशकको विभिन्न आख्यान र गैर आख्यान रचनाक्रममा निर्माण, निर्देशनमा परिपक्वता (म्याचरिटी) बढ्दै गएको देखिन्छ । चलचित्र शटको माध्यम हो । विम्वात्मक शटहरुले आफैमा भोलुम बोल्छन् त्यो भाषालाई प्रयोग गरिएको छ। ती सबै मनोरम र अर्थपूर्ण लाग्छन् । नेपाली चलचित्र (मातृभाषी र अन्य)मा खट्किने कुरा संगीत र ध्वनी पक्ष हो । यस चलचित्रमा पनि कहिंकहिं दृश्य र सिक्वेन्स अनुसार मौलिक र आदिवासीपनको ब्याकग्राउण्ड संगीत प्रतिस्थापन केही खट्किन्छ ।

मगर आफैंमा विविधतायुक्त समुदाय हो । चलचित्रका विषयहरु प्रशस्त हुँदाहुदै पनि चलचित्र कम निर्माण भइरहेको अवस्थामा यो चलचित्र तयार हुनु स्वागतयोग्य र उत्प्रेरक पक्ष हो ।

सम्बन्धित पोस्ट
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन
  • बाढी पीडितको सहयोगार्थ “जय लाखय्” ,हेर्ने हैन त ?
  • अन्तरिक्षमा रुन मिल्दैन – किन ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑