• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / प्रविधि

बुस्टर डोजः किन र कहिले लगाउने? फरक खोप लगाउन मिल्छ?


सुभाय् संवाददाताJanuary 13, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १२९ मिनेट
कमला गुरुङ
 
काठमाडौं- कोभिड–१९ विरुद्धको खोप लगाएको ६ महिनापछि शरीरमा एन्टीबडी कम हुने विभिन्न अध्ययनले देखाएको छ। शरीरमा एन्टीबडी कम हुँदै गएपछि कोरोना संक्रमणको जोखिम बढ्दै जान्छ।
 
पूर्ण खोप लगाइसकेपछि शरीरमा एन्टीबडी कम हुँदै जाँदा पुनः एन्टीबडी बढाउन लगाइने खोप हो, ‘बुस्टर डोज।’
 
सरकारले पनि हाल कोरोनाविरुद्धको बुस्टर डोज दिने तयारी गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अनुमति दिए पुस अन्तिमदेखि बुस्टर डोज दिने सरकारको तयारी हो।
 
एक पटक खोप लगाइसकेपछि एन्टीबडी बनाउने कोषिकालाई पुनः सक्रिय बनाउन बुस्टर डोज आवश्यक पर्ने सुक्ष्म जीवाणु विज्ञ डा सन्तोष दुलाल बताउँछन्।
 
उनले भने, ‘एक पटक खोप लगाइसकेपछि एन्टीबडी बनाउने कोषिकाले केही समयपछि बिर्सन्छ। ती कोषिकालाई सक्रिय बनाउन पुनः खोप दिइन्छ। जसले गर्दा एन्टीबडी बनाउने कोषिका सक्रिय भई पुनः संक्रमण हुनबाट बचाउँछ।’
 
इजरालय सहित केही राष्ट्रले चौथो बुस्टर डोज लगाउन लागेकाले पनि नेपालमा बुस्टर डोज सुरु गर्नुपर्ने उनले बताए। ज्येष्ठ नागरिक, दीर्घ रोगीहरुलाई पहिलो प्राथमिकतामा राखेर बुस्टर डोज दिनुपर्नेमा उनको जोड छ।
 
हाल देखिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्टलाई बुस्टर डोजले पनि काम गर्ने उनी बताउँछन्।
 
‘सरकारसँग सवा एक करोड खोप भण्डारणमा छ। सरकारले खोप अभियानलाई तीव्र गतिमा धेरै व्यक्तिहरुलाई खोप लगाउनुपर्छ। अनि बाँकी रहेका खोपहरुलाई बुस्टर डोजको रुपमा प्रयोग गरिनुपर्छ’ उनले भने।
 
उनका अनुसार बुस्टर डोज लगाउँदा फरक खोप लगाए बढी प्रभावकारी हुने देखिएको छ। अर्थात् पहिले कोभिसिल्ड वा भेरोसोल खोप लगाएका व्यक्तिले पुनः कोभिसिल्ड वा भेरोसेल नै लगाउनुभन्दा अष्ट्राजेनिका, फाइजर खोप लगाए बढी प्रभावकारी हुन्छ।
 
‘मिक्समाक्स भ्याक्सिनले कोरोनाबाट जोगाउन प्रभावकारी देखिएको छ,’ उनले भने, ‘केही प्रारम्भिक अध्ययनले छुट्टा छुट्टै काम गर्ने खोपले कोरोनाबाट जोगाएको देखिएको छ।’
 
कोभिसिल्ड/जोन्सन/अस्ट्राजेनिका खोप लगाएका व्यक्तिले फाइजर-मोडर्ना लगाउन मिल्ने उनले बताए। बाहिरी मुलुकमा पनि फरक खोप नै बुस्टर डोजको रुपमा प्रयोग गरिएको उनले बताए।
 
उनका अनुसार कोरोना विरुद्धको पूर्ण खोप लगाएको ६ महिनापछि बुस्टर डोज लगाउन मिल्छ।
 
युरोपेली राष्ट्रमा ओमिक्रोन भेरियन्ट तीव्र गतिमा बढीरहेकाले नेपालमा बुस्टरको डोजको आवश्कता रहेको उनले बताए। केही समय पहिले संक्रमितमा डेल्टा भेरियन्ट ९९ प्रतिशत जिम्मेवार थियो भने हाल ओमिक्रोन ७५ प्रतिशतभन्दा माथि रहेको उनले बताए।
 
नेपालमा पनि ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलन सक्ने जोखिम रहेको उनले बताए। कोरोना भाइरसको भेरियन्ट परिवर्तन भइरहे बुस्टर डोजको आवश्यकता पनि सोही अनुसार आवश्यक पर्न सक्ने उनले बताए।
 
कोरोनाको पूर्ण खोप लगाएको ६ महिनापछि बुस्टर डोज लगाउन मिल्ने भएपनि सरकारले ल्याउने नीतिमा भर पर्ने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन्। खोप लगाएपछि शरीरमा बन्ने एन्टीबडीको क्षमता वृद्धिका लागि बुस्टर डोजको आवश्यक पर्ने उनले बताए।
 
बुस्टर डोजको रुपमा फरक डोज लगाउन मिल्नेमा डा पुन पनि सहमत छन्। पहिले फरक खोप लगाएका व्यक्तिले अर्को खोप लगाउँदा प्रभावकारी देखिएको उनले बताए। नेपालमा अझै पनि धेरै व्यक्ति खोपको पहुँच बाहिर रहेकाले पहिलो प्राथमिकतामा उनीहरुलाई राख्नुपर्ने उनले बताए। सबैलाई एकै पटक भन्दा पनि जोखिमको आधारमा प्राथमिकता निर्धारण गरेर बुस्टर डोज दिनुपर्नेमा डा पुनको जोड छ।
 
उनले भने, ‘विकसित देशहरुमा खोप पर्याप्त भएकाले उनीहरुले दोस्रो तेस्रो पनि बुस्टर डोज लगाएका छन्। तर नेपालमा अझै पनि धेरै व्यक्तिले खोप लगाएका छैनन्। त्यसैले खोप नपाएका व्यक्तिलाई खोप दिनुपर्छ। जोखिमको आधारमा बुस्टर डोज दिनुपर्छ।’
 
कोरोनाको पूर्ण खोप लगाएपनि ६० वर्ष उमेर माथिका व्यक्तिमा समस्या आएको देखिएको उनको अनुभव छ। त्यसैले ६० वर्ष माथिका ज्येष्ठ नागरिक, दीर्घ रोगीहरुलाई बुस्टर डोजको पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ।
 
नेपालमा अझै पनि आधा बढी जनसंख्याले कोरोना विरुद्धको खोप लगाउन बाँकी छ। खोप अभियान सुरु भएदेखि हालसम्म नेपालमा २ करोड २५ लाख १० हजार ८१८ मात्रा खोप लगाइएको छ। जसमध्ये १ करोड २६ लाख ७२ हजार ४४२ जना (४१.७ प्रतिशत) ले पहिलो मात्रा र ९८ लाख ३८ हजार ३७६ जना (३२.४ प्रतिशत) ले खोपको पुरा मात्रा लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।
 
कोभिड–१९ विरुद्धको खोप लगाएको ६ महिनापछि शरीरमा क्रमशः एन्टीबडी कम हुँदै जान्छ। जसले गर्दा शरीरमा कोरोना संक्रमणको जोखिम पुनः बढ्दै जाने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले बताए। त्यही जोखिमलाई कम गर्न ‘बुस्टर डोज’ को आवश्यक पर्ने उनी बताउँछन्। (courtesy:swasthyakhabar)
सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑