• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 28, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिस्थापित बहूमूल्य धातुको महाकरुणा बुद्धमूर्तिको राष्ट्रपतिद्वारा अनावरण


सुभाय् संवाददाता November 1, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

भैरहवा / भैरहवामा बनिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा महाकरुणा बुद्धमूर्ति राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनावरण गरिएको छ ।
म्यान्मारबाट लुम्बिनीलाई प्राप्त जेड स्टोन (White Jade Buddha Statue ) बुद्ध मुर्ति  केही दिन अगाडि लुम्बिनीमा शोभायात्रा गरी भव्य स्वागत गरिएको थियो । स्पेनमा बन्न लागेको  लुम्बिनी गार्डेन फाउन्डेसन तथा लुम्बिनी सांस्कृतिक नगर पालिकाको संयुक्त प्रयासमा यो बुद्धमूर्ति प्रतिस्थापन गरिएको हो । यो बुद्ध मूर्तिको मूल्य लगभग दुई अरब रुपियाँ मूल्यको रहेकोे छ ।                       
अनावरण कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतित्थ्यता भएको थियो । त्यसैगरी का.बा. प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाण,राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको विशिष्ट आतित्थ्यता स्पेन एक्त्रेरेमादुरा प्रदेशक सभामुखको विशिष्ट आतित्थ्यता, लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुल प्रसाद के सि, संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठि लगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थितिमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा महाकरुणा बुद्धमुर्ति अनावरण कार्यक्रम  सम्पन्न भएको हो ।
कार्यक्रम लुम्बिनी सास्कृतिक नगरपालिकाका नगर प्रमुख मनमोहन चौधरीको अध्यक्षता, भएको थियो ।
आयोजकले यस ऎतिहासिक एवम् महत्त्वपूर्ण कार्यक्रमले लुम्बिनी गार्डेन फाउन्डेसन र बुद्ध सङ्ग सम्बन्धित पालिका एवम् लुम्बिनी वरिपरिका अन्य पलिकाको सहकार्यमा सर्बोच्च शिखर सगरमाथा र बुद्ध जन्मस्थल लुम्बिनीको विश्वभर प्रचारप्रसार गर्न, बुद्धको शान्तिको सन्देश संसारभर फैलाउन र विश्वभर शान्तिको कामना गर्न विभिन्न कार्यक्रममा सहकार्य गर्न , लुम्बिनी र नेपालको विकासमा अन्तर्राष्ट्रिय सहयोग र अनुभवको आदानप्रदान गर्न सहयोग पुग्ने बिचार व्यक्त गरिएको थियो ।
बुद्ध मुर्तिको स्वागत र परिक्रमा एवम् अनावरण कार्यक्रममा सिद्धार्थ होटेल व्यावसायी संघ , लुम्बिनी होटेल व्यवसायी संघ लगायत संघ संस्थाको सहयोग रहेकोे थियो । लुम्बिनी नगरका मेयर मनमोहन चौधरीद्वारा मूर्ति प्रतिस्थापनमा सहयोग गर्नुहुने , मार्ग दर्शन प्रदान गर्नुहुने सबै संघ संस्था र महानुभाहरुम हार्दिक आभार प्रकट गरेको छ ।
भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा एकातिर स्वयम्भू महाचैत्य र अर्कोतिर यस्तो बहुमूल्य बुद्धमूर्ति स्थापना गरि बुद्धमय बनाउन प्रयास भएको देखिन्छ । यो निकै सर्‍हाहनीय कार्य हो ।

सम्बन्धित पोस्ट
  • रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन
  • रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल
  • रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन
  • बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    बाढी आयो, तर सूचना किन आएन ? चीनसँग प्रविधि छैन?

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    धर्मपथमा नेपालभाषा कविता कन्सर्ट

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    सुभाय् पोस्ट बिशेष

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑