हाल कोभिडका बिरामीको संख्या निरन्तर रुपमा बढ्दै गैरहेको छ | हाम्रा आफ्नै साथी, छिमेक, आफन्त, परिवार र आफै पनि यस भाइरस बाट संक्रमित हुन सक्छौ र भैरहेका पनि छौ | यसरी संक्रमण हुनेमा कसैलाई धेरै लक्षणहरु देखिएर अस्पतालहरुमा भर्ना हुन परेको छ | कोही घरमै आफ्नो गर्दै हुनुहुन्छ |कति जनाले उपचार गरिसकेर रोगलाई जितिसक्नु भयो होला | तर के तपाइ पहिलाकै अवस्थामा पुगी सक्नु भयो त? के तपाई पूर्ण रुपमा सन्चो भईसक्नु भयो त ? अवस्य पनि छैन होला |
कतिपय व्यक्तिहरुलाई कोभिड लागेर निको भएको १२ हप्ता सम्म पनि शरीर दुख्ने, टाउको दुख्ने, सास फेर्न गाह्रो भएजस्तो हुने, शारीरिक तथा मानसिक थकानको महसुस हुने, निन्द्रा नलाग्ने, anxiety र depression का लक्षणहरु देखिने जस्ता समस्याहरु हुने गर्दछन | यसलाई post-acute sequele of COVID-19 अथवा chronic COVID syndrome भनिन्छ |
यस्ता समस्याहरु बाट बच्न अथवा समाधान गर्न हामीले विशेष गरी आफ्नो प्रतिरक्षा शक्ति (immunity) लाई बलियो बनाउन जरुरी हुन्छ | र त्यस संगसंगै शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्य को समग्रमा विकास गर्न आवश्यक हुन्छ | यसै पनि कोभिड को समयमा घरमै बसिरहँदा वा अस्पतालमा उपचार गराउदा हामीहरुको आत्मबल कमजोर हुन पुगेको हुन्छ | त्यसै माथि हुने शारीरिक कमजोरीले हामीलाई शिथिल बनाइरहेको हुन्छ |
त्यसैले हामीले निम्न कुराहरु गर्नु पर्दछ |
• पोसिलो र प्राकृतिक भोजन खाने |
• प्रतिरक्षा शक्ति बलियो बनाउने क्वाथ/चिया को सेवन नियमित गर्ने |
• शान्त र प्राकृतिक स्थलहरुमा समय बिताउने |
• दैनिक रुपमा योग अभ्यासहरू जस्तै : आसन, प्राणायाम र ध्यान गर्ने |
• कम्तिमा ६-८ घण्टा राम्ररी सुत्ने |
• शरीर तथा मनको शुद्धिकरण (detoxification) गर्ने अभ्यासहरू गर्ने |
• आफूलाई रूचि लाग्ने कार्यहरु जस्तै : नाच्ने, गाउने, किताबहरु पढ्ने, विभिन्न कलाकृतिका कामहरुमा संलग्न हुने |
• परिवारका सदस्यहरु संग समय बिताउने |
• सम्भब भएमा स्वास्थ्यका मापदण्डहरु पूरा गरेर हिडडुल (walk) गर्ने |
• समस्याहरु बढ्दै गएको खण्डमा स्वास्थ्यकर्मीहरुको सल्लाह सुझाव लिने | (साभार :आरोग्य नेपाल )
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५