• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 31, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  उपत्यका

कोरोना पोजेटिभ र अन्य विरामी बोक्न छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्स व्यवस्था गर्दै काठमाडौं महानगर


सुभाय् संवाददाता April 27, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

कोविड न्युनीकरण रोकथाम र नियन्त्रणका विषयमा छलफल गर्न विशेष कार्यपालिका बैठक सम्पन्न               
काठमाडौँ / उपत्यकाका तीनै जिल्लामा कोरोना महामारीको दोश्रो चरणको डरका कारण लकडाउन बैशाख १६ गते बिहीवारबाट हुने तयारीमा रहेको बेला बसेको काठमाडौं महानगरको बैठकले समयमा अस्पताल जान आउन काठमाडौँ महानगरले कोविड १९ का पोजेटिभ विरामी र अन्य विरामीलाई अस्पताल लान ल्याउन छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । कोविड १९ को न्युनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न आज बोलाइएको विशेष कार्यपालिका बैठकका निर्णयका बारेमा जानकारी दिँदै बैठकका अध्यक्ष एवं महानगरका मेयर विद्यासुन्दर शाक्यले यस्तो बताएका हुन्।
मेयर शाक्यका अनुसार महानगरले सहकार्य गरेको नेपाल एम्बुलेन्स सेवा १०२ ले कोविड पोजेटिभ भएका विरामीलाई निःशुल्क अस्पताल पुर्‍याउने छन् । यसबाहेक अन्य समस्या भएका विरामीलाई अस्पताल लैजान महानगरका विभिन्न क्षेत्रमा अहिलेलाई १० वटा निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्नेछ। एम्बुलेन्सबाट सेवा लिन महानगरको हटलाइन र सिधै चालकसँग सम्पर्क गर्ने व्यवस्था हुनेछ । यसबाट डाइलोसिसलगायत दीर्घ रोग र आकस्मिक सेवा लिन अस्पताल जानु पर्ने व्यक्तिको अस्पताल पुग्न र आउन सवारीको समस्या समाधान हुने बताए ।
यसका लागि महानगरले एम्बुलेन्स सञ्चालनसँग सम्बन्धित पदाधिकारीसँग सम्झौता गर्नेछ । एम्बुलेन्स सञ्चालन गर्दा लाग्ने खर्च महानगरले व्यहार्नेछ ।
राहत वितरण गर्ने र खाना खुवाउने काम तत्काल आवश्यक नरहेको बैठकले निष्कर्ष निकालेको छ । बैठकले संक्रमणको अवस्था हेरेर आवश्यक परे पछि छलफल गर्ने निर्णय गरेको छ ।
महानगरले नागरिकका समस्या सुनुवाई र समाधान गर्न टोल फ्रि नं. ११८० लाई २४ सै घण्टा सञ्चालन गर्ने निर्णय पनि गरेको छ । यसैगरी समुदाय स्तरमा सचेतनाका बढाउन शिक्षकहरु परिचालन गर्ने, जोखिमयुक्त स्थानहरुमा निसंक्रमण गर्ने, अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र (लेवल १) स्थापनाका लागि सहयोग गर्ने निर्णय भएको छ ।

सम्बन्धित पोस्ट
  • रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग
  • नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य
  • जनकवि दुर्गालाल श्रेष्ठया सुगति कामना यासें साया: पिहांवल
  • संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    जनकवि दुर्गालाल श्रेष्ठया सुगति कामना यासें साया: पिहांवल

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    नाडा अटो शो २०२६ सम्पन्न

    नेवाः न्ह्यलुवा मल्ल के. सुन्दर ज्याझ्वलय् मू पाहाँ मजुइगु

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    विनाशकारी बाढी प्रभावितको नाममा लुम्बिनीमा शान्ति पाठ

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    विपद्को घडीमा रास्वपा काठमाडौंको रक्तदान अभियान तीव्र, चन्द्रागिरिपछि टोखा,दक्षिणकाली र काठमाडौं–१७ मा कार्यक्रम

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    सुभाय् पोस्ट बिशेष

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    जनकवि दुर्गालाल श्रेष्ठया सुगति कामना यासें साया: पिहांवल

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑