• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / उपत्यका

मेलम्चीकाे पानी वितरण शुरु कहाँ कुन समय पानी (सूची सहित)


सुभाय् संवाददाताMarch 28, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ८६ मिनेट
लक्ष्मण दर्नाल
काठमाडौँ, चैत १५ गते । मेलम्चीको पानी घरघरमा वितरण भएको छ । सुन्दरीजलबाट आएको प्रशोधित पानीलाई पिउन योग्य बनाएर महाकाँलचौरस्थित पानी पोखरीबाट वितरण गरिएको हो । आइतबार दिउँसो महाँकालचौरबाट चावहिल, बत्तिसपुतली, कालोपुल, देवकोटा सडक, सिफल, एयरपोर्टलगायतका क्षेत्रका घरघरमा पठाइएको छ । अनामनगर, मिनभवन, खुमलटारस्थित पोखरीमा भण्डारन गरिएको छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मेलम्चीको पानी चार चरणमा विभाजन गरी वितरण गर्ने भएको छ । पहिलो चरणका आइतबार चार करोड लिटर पानी वितरण गरेको छ । दोस्रो चरणमा महाँकाल र बालाजुको पानी पोखरीबाट ६.५ करोड लिटर दैनिक वितरण गर्ने छ ।
तेस्रो चरणमा बाँसवारी र महाराजगञ्जको पानी पोखरी समेत गरी ८.५ करोड लिटर वितरण हुनेछ । चौथो चरणमा कीर्तिपुर, ठिमी र भक्तपुरस्थित पोखरीहरुमा समेत गरी १७ करोड लिटर पानी जम्मा हुने र ती पोखरीबाट चक्रपथभित्र र आसपासका क्षेत्रहरुमा पानी वितरण गरिने केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मीलन शाक्यले जानकारी दिनुुभयो ।
एयुुकेएलले प्राप्त हुने पानीलाई वितरण तालिका तयारी गरी दैनिक वा दिन बिराएर धाराहरुमा वितरण गर्ने भएको छ । प्रमुख कार्यकारी अधिकृत शाक्यले भन्नुुभयो “वितरणको तालिका सम्बन्धित शाखा कार्यालयहरुको फेसबुुक, सूचना, जनसम्पर्क ईकाईमार्फत् उपलब्ध गराइएको छ, कतै पानी चुहावट भएमा, पानी नआएमा वा अन्य कुनैपनि समस्या भएमा केयुकेएल एप्स, इमेल र एसएमएसमार्फत् जानकारी दिएमा हामी तुुरुन्त प्राविधिक टोली पठाई हाल्छौं ।”
छिटो सेवा र अनुुगमनको लागि सबै शाखा कार्यालयहरुबाट यापिड रेस्पोन्स टिम स्थलगत रुपमा परिचालित रहेको शाक्उले जानकारी दिनुुभयो । केयुुकेएलले आइतबार महाँकाल चौरमा पत्रकार सम्मेलन गरी मेलम्ची आयोजना सम्पन्न गर्नका लागि योगदान गर्नुहुने, पूूर्वप्रधानमन्त्रीहरु, विभागिय मन्त्रीहरु, पूर्वप्रशासकहरु लगायत सम्पूूणलाई धन्यवाद प्रदान गरेको छ ।
हाल पुुरानै वितरण पाइपलाईनबाट वितरण गरिएको छ । सँगसँगै नयाँ पाइपलाईनको परीक्षण गरी वितरण गरिने भएको छ । मेलम्चीबाट प्राप्त १७ करोड लिटर र काठमाडौँ उपत्यकाको भूमिगत पानी ८ करोड लिटर गरी जम्मा २५ करोड लिटर पानी केयुुकेएलले वितरण गर्ने छ । काठमाडौँ उपत्यकामा हाल दैनिक ३४ करोड लिटर पानीको माग छ ।
दोस्रो परियोजना अन्तर्गत याङरी र लार्के खोलाको पानी पनि सोही सुरुङबाट ल्याएपछि दैनिक ५१ करोड लिटर पानी उपत्यकामा आउने छ । दोस्रो परियोजना सम्पनन भएपछि काठमडौँ उपत्यकाका घरमा दैनिक ६ घण्टा पानी आउने छ । मेलम्चीको पानी वितरण सुरु भएपछि भूमीगत पानीको प्रयोग नगरिने केयुकेएलले जनाएको छ ।
साभार: गोरखापत्र
सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑