• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / उपत्यका

नेपाल संवतका प्रणेता राष्ट्रिय विभूति शंखधर साख्वा: तथा शंखधरलाई चिनाउन अभियान चलाउने जननेता पद्मरत्नको शालिक अनावरण


सुभाय् संवाददाताNovember 21, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : २० मिनेट

काठमाडौं / नेपाल संवतकाप्रणेता शंखधर स्वाख्वा: र नेपाल संवत् आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको सालिक एक कार्यक्रमकाबीच आज भोटाहिटीस्थित शंखधर उद्यानमा अनावरण गरियो ।
सहरी बिकास मन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा नेपाल संवतका प्रणेता शंखधर साख्वा: तथा काठमाडौंका लोकप्रिय जननेता पद्मरत्न तुलाधरको पूर्णकदको शालिक आज शनिबार बिहान एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ‘शंखधर साख्वाः र पद्मरत्न तुलाधरको शालिक अनावरण गरेका थिए ।

शालिक अनावरण गर्दै मेयर शाक्य – फोटो रमिता छुंजु

कार्यक्रममा काठमाडौं महानगर पालिकाका मेयर विद्या सुन्दर शाक्य ,  सहरी विकास राज्यमन्त्री रामबीर मानन्धर ,उप-मेयर हरिप्रभा खड्गी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँल,  प्रदेश सभा सदस्य राजेश शाक्य, वरिष्ठ पत्रकार सुरेश किरण मानन्धर लगायतको उपस्थिति रहेको थियो ।
स्मरणीय छ नेपाल संवतका प्रणेता शंखधरलाई चिनाउने र नेपाल संवत् आन्दोलन अगाडि बढाउने कार्यमा तत्कालीन नेपाल भाषा मंका: खल:का अध्यक्ष पद्मरत्न तुलाधरको ठूलो योगदान रहेको छ ।
स्मरणीय छ ६२/६३ सालको आन्दोलनपछि रत्नपार्कलाई संखधर उद्यान नामाकरण गर्ने कार्य भएको थियो ।बिचमा कार्य केही सिथिल भएकोमा काठमाडौं महानगर पालिकामा नयाँ जनप्रतिनिधिहरुको निर्वाचन भएर गएपछि यसले गति लिएको थियो भने यसको परिणाम अहिले देख्न पाइएको छ ।                      दुई शालिक करीब २० लाख रुपैयाँ लगानीमा बनेका हुन् । शालिक बनाउने कार्यमा प्रसिद्धि कमाएका कलाकार महेश तुलाधरले यी दुबै शालिक निर्माण गरेका हुन् ।

मन्तव्य राख्दै मन्त्री श्रेष्ठ फोटो- रमिता छुंजु

मन्तव्य राख्दै मेयर शाक्य फोटो- रमिता छुंजु

मन्तव्य राख्दै स्व. तुलाधरका छोरी सुम्निमा, फोटो- रमिता छुंजु

सालिकको अनावरणपछि सभालाई सम्वोधन गर्दै सहरी बिकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले भने — ” सालिक स्थापनाले शंखधर साख्वाः र पद्मरत्न तुलाधरको योगदान चीरकालसम्म सम्झनामा रहिरहनेछ । महानगरपालिकाले शालिक स्थापना गरेर प्रशंशसनीय कार्य गरेको छ ।” मन्त्री श्रेष्ठले नेपाल संवतका प्रवर्तक शंखधर साख्वा:ले सामाजिक रुपान्तरणका लागि गरेको प्रयास र जननेता पद्मरत्न तुलाधरले राजनीतिक परिवर्तन एवं मानव अधिकार रक्षाका लागि पुर्‍याउनु भएको योगदानको चर्चा गरेका थिए । नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिलाउन लामो समय आन्दोलन गरेको नेपालभाषा मंका खलःका संस्थापक अध्यक्ष समेत रहेका तुलाधरले तत्कालीन राष्ट्रिय पञ्चायतको चुनावमा भाग लिई राष्ट्रिय पञ्चायत भित्रै पञ्चायती व्यवस्था खारेजीको माग गरेको उनले स्मरण गरे ।
कार्यक्रममा महानगरका मेयर शाक्यले, नागरिक अधिकार प्राप्तिका लागि योगदान गरेका सहिद र राष्ट्रिय विभूतिहरुलाई चीरकालसम्म सबैले चिनुन र सम्झिरहुन भनेर महानगरपालिकाले शालिक निर्माण गरेको बताउँदै भने , “उहाँहरुले बिर्सन नसक्ने योगदान गर्नुभएको छ । अझ उपत्यकावासीका लागि शंखधर र पद्मरत्न मनमनमा बसेका छन् । उहाँहरुको सम्मानमा शालिक निर्माण गर्न पाउँदा खुशी छौँ ।”      महानगर पालिकाको यस कार्यलाई महानगरबासीले सर्‍हानीय कार्य भन्दै स्वागत गरेका छन् ।

सम्बन्धित पोस्ट
  • १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित
  • पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’
  • विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने
  • २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑