• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

न्हूपुखू – रानीपोखरी अवस्थित मन्दिरको गजुर पूजा!


सुभाय् संवाददाताOctober 1, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ६ मिनेट

काठमाडौँ / काठमाडौंको ऐतिहासिक महत्वको न्हूपुखू- रानीपोखरीमा रहेको बाल गोपालेस्वर मन्दिरको आज विधिपूर्वक गजुर पूजा गरियो । २०७२ सालको महाभूकम्पका कारण क्षति भएको रानीपोखरीको जिर्णोद्धार पून:निर्माण कार्यको सिलसिलामा आज यस पोखरीको मध्ये भागमा अवस्थित मन्दिरमा बिधिपूर्वक गजुर पूजा गरि मन्दिरमा राखिएको थियो । यसभन्दा अगाडि यस पोखरीलाई पुरानो स्वरुपमा पुननिर्माण गरि पानी भर्ने काम भएको थियो ।
महाभूकम्पले क्षति भएपछि यस पोखरीको जिर्णोद्धार र पुन:निर्माणका सवालमा विवादका देखिएको थियो । यसलाई सम्पदा अभियन्ताहरुको निरन्तर दवाबका कारण पछिल्लो समयमा पुरानै स्वरुप्मा यसको निर्माण कार्य अगाडि बढाइएको थियो ।
भूकम्पले क्षति भएको न्हूपुखू रानीपोखरीको बीच भाग रहेको बाल गोपाश्वर मन्दिर मल्ल कालमा निर्मित शैली  शिखर शैलीमा पुन: निर्माण गरिएको छ । यसभन्दा अगाडि ९० सालको भुइँचालोपछी राणाकालमा यसलाई गुम्बज शैलीमा निर्माण गरिएको थियो ।

पुजारी शैलेस झा र हृदय प्रसाद मिश्र पूजा हवन गर्नुहुँदै

काठमाडौंको शोभाको रुपमा रहेको यस ऐतिहासिक पोखरी प्रताप मल्लले बनाएको इतिहासमा उल्लेख छ र यस पोखरीको दक्षिण भागमा प्रताप मल्ल सहित चढेको हात्तीको मूर्ति रहेको छ । यस पोखरीको चार कुनामा अंशुवर्माको समयमा निर्मित शिलालेख सहितको ल्वँहिती -ढुंगेधाराहरु भेटिनुले यो पोखरी पनि लिच्छविकालमै निर्माण भइसकेको हुन सक्ने र प्रताप मल्लले यसको पुन:निर्माण गरेको हुनसक्ने पनि कतिपय इतिहासकारहरुले उल्लेख गरेको पाइन्छ ।
आज गजुर पूजा गरिएको यस मन्दिर वर्षमा एकपटक भाइटिकाको दिन खोलिने परम्परा रहेको छ ।  यसैबीच भूकम्पले क्षति बनाएको न्हूपुखू -रानीपोखरीको करिब ९७ प्रतिशत काम सम्पन्न भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका विज्ञ राजुमान मानन्धरले जानकारी दिएका छन् । रानीपोखरीको सुन्दरतासँग पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर पनि जोडिएको छ भन्दै उनले निर्माण सम्पन्न बालगोपालेश्वर मन्दिर फरक शैलीमा बनेको यस मन्दिरमा राखिने गजुर २८ तोला सुनको लेपन गरिएको छ भने यसको तौल १२३ किलोको रहेको  बताए ।रानीपोखरीको शिलान्यास राष्ट्रपति विद्यादेवी भण्डारीले १८ औँ राष्ट्रिय सुरक्षा दिवसको अवसरमा २०७२ माघ २ गते गरेका थिए । पुनर्निर्मित रानीपोखरीको उदघाटन पनि राष्ट्रपतिबाटै गराउने सरकारको योजना छ ।

सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव
  • अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑