काठमाडौं / काठमाडौं उपत्यकामा आज असोज ८ गते कोरोनाभाइरसका ७५५ जना नयाँ सङ्क्रमित थपिएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार उपत्यकाका तीन जिल्लामा कोरोनाभाइरसका ७५५ जना नयाँ सङ्क्रमित पहिचान
भएको भएको हो ।
पछिल्लो चौबीस घण्टामा काठमाडौंमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यसरी
संक्रमित हुनेमा महिला र पुरुषमा पुरुषको संख्या थोरै मात्र बढी छ , काठमाडौंमा २२९ महिला र ३८० पुरुष, ललितपुरमा
३८ महिला र ५७ पुरुष तथा भक्तपुरमा १२ महिला र ३९ पुरुषमा सङ्क्रमितको पहिचान गरिएको छ ।
निषेशज्ञा खुकुलो गरेसँगै उपत्यकामा दिनानुदिन कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । तर सडकमा भीड बढ्ने क्रम जारी छ ।
यातायात जाम भैरहेको छ । न त सरकार न जनता कोरोनाप्रति सचेत छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५