• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 17, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  उपत्यका

उपत्यकामा नगरपालिका फोरमले कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो पार्ने


सुभाय् संवाददाता August 25, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

विजयरत्न असंबरे
काठमाडाैं / उपत्यकामा समुदाय स्तरमा नै कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरालाई दृष्टिगत गर्दै रोकथाम र नियन्त्रणका लागि उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङ दायरा फराकिलो बनाउने भएको छ ।
आइतबार नगरपालिका फोरमका पदाधिकारीको बैठकमा यसबारे गम्भीर छलफल भएको छ भने बैठकमा नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।
उपत्यका नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले संघीय राजधानी समेत रहेको र अत्यन्त घनाबस्ती युक्त उपत्यकामा कोरोना संक्रमण समूदायस्तरमा फैलियो भने भयावह अवस्था आउन सक्छ भन्नु हुँदै यसको रोकथाम र नियन्त्रणका लागि उपत्यका सबै पालिका एकीकृत योजना बनाएर अघि बढ्ने कुरा बताउनु भएको छ ।
मेयर शाक्यले त्यसका लागि व्यापक रुपमा कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङको तयारी गरेको जानकारी दिनुभयो र यसमा थप छलफल गरी निर्णयमा पुग्न सोमबार उपत्यका नगरपालिका फोरमको बैठक बोलाएको जानकारी दिनुभयो । नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले यसबारे थप जानकारी दिने क्रममा उपत्यका भित्र तालिका नै बनाएर कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङमा जाने बताउनुभयो ।
उहाँले पनि भदौ ९ गतेसम्मका लागि निषेधाज्ञा जारी रहेको भन्दै कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङ दुबैलाई निरन्तर अघि बढाउने जानकारी दिनुभयो । उहाँले उपत्यकाका सबै ‘हटस्पट’मा कन्ट्राक्ट ट्रेसिङका आधारमा टेस्टिङलाई अभियानकै रुपमा अघि बढाउने पनि जानकारी दिनुभयो । फोरमका पदाधिकारीको बैठक अघि विज्ञहरुसँग पनि उहाँहरुले छलफल गर्नुभएको थियो ।
छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालकासाथै जनस्वास्थ्य सल्लाहकार डा. खेम कार्की, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ, स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेलगायत सहभागी हुनुहुन्थ्यो । यस अघि बसेको नगरपालिका फोरमको बैठकले उपत्यका प्रवेश गर्ने प्रस्थान बिन्दुमै अत्यन्त कडाई गर्न सरकारसँग माग गरेको थियो ।

Photo:MaharjanR

त्यसैगरी बैठकले तेस्रो मूलुकबाट आउनसक्ने ठूलो संख्याको यात्रुलाई ध्यानमा राखी क्वारेन्टाइन व्यवस्थापन र सञ्चालन नियमावली अनुसार रहने गरी एकीकृत क्वारेन्टाइन संघीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापनमा सहयोग गर्नेगरी तयारी गर्न पनि संघीय सरकारसँग माग गरेको थियो ।

सम्बन्धित पोस्ट
  • जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन
  • राष्ट्रिय स्वतन्त्र पार्टी शंखरापुर नगर समितिको सम्पर्क कार्यालय उद्घाटन, ३०० भन्दा बढी पार्टी प्रव
  • राजा वीरेन्द्रले पनि सत्य कुरा लुकाए
  • तीनवटा प्रज्ञा-प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त (सूचीसहित)
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    राष्ट्रिय स्वतन्त्र पार्टी शंखरापुर नगर समितिको सम्पर्क कार्यालय उद्घाटन, ३०० भन्दा बढी पार्टी प्रव

    राजा वीरेन्द्रले पनि सत्य कुरा लुकाए

    तीनवटा प्रज्ञा-प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त (सूचीसहित)

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    शान्ति पहिलो प्राथमिकता : हिंसाले होइन, संवाद र सहिष्णुताले राष्ट्र बन्छ

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    राष्ट्रिय स्वतन्त्र पार्टी शंखरापुर नगर समितिको सम्पर्क कार्यालय उद्घाटन, ३०० भन्दा बढी पार्टी प्रव

    पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    सुभाय् पोस्ट बिशेष

    जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन

    राजा वीरेन्द्रले पनि सत्य कुरा लुकाए

    तीनवटा प्रज्ञा-प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त (सूचीसहित)

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑