काठमाडौं /कोरोना संक्रमित भएको भन्दै भ्रम फैलाउने पक्राउ फेसबूक लाइक बढाउन यस्तो प्रचार गरेको बयान
काठमाडौं । कोरोना भाईरसबाट मानिस संक्रमित भएको भन्दै सामाजिक संजाल मार्फत भ्रम फैलाउने एक युवकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको साईवर टिमले रामेछाप घर भई भक्तपुर सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई पक्राउ गरेको हो ।
उनले कोरोना भाइरससम्बन्धी अडियो बनाएर भ्रमपूर्ण कुरा सामाजिक संजालमा राखेर भाइरल बनाएका थिए । उनले नर्भिक अस्पतालमा ९ जनामध्ये ६ जनामा कोरोना भाइरसबाट संक्रमित फेला परेको भन्दै उनले अडिओ सार्वजनिक गरेका थिए । यो भ्रमपूर्ण प्रचार भएको भन्दै नर्भिक हस्पिटलले वक्तव्य जारी गरेको थियो भने यसरी भ्रम फैलाउने व्यक्तिको खोजी गरिरहेको प्रहरीले बताएको थियो ।
पक्राउ परेका मगरले आफ्नो फेसबूक पेजमा लाइक बढाउन यसरी प्रचार गरेको बयान दिएको बताइएको छ ।
उनले झोर्ले न्युज नामक पेजबाट यसरी फेक न्युज पोस्ट गरेको हो ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५