• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 26, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / उपत्यका

ललितपुर महानगरपालिकाको नाष्टमा ‘स्यानेटाइजर’ तालिम


सुभाय् संवाददाताMarch 15, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १० मिनेट

ललितपुर/ललितपुर महानगरपालिकाको आयोजना र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नाष्ट) को प्राविधिक सहयोगमा नाष्ट कार्यकक्षमा आजदेखि छ दिने ‘स्यानेटाइजर’ बनाउने तालिम शुरु गरिएको छ।बजारमा कोभिड-१९ को सङ्क्रमण देखिएसँगै स्यानेटाइजरको अभाव हुँदै जाँदा उक्त तालीमको आयोजना गरिएको हो। एक दिनको तालीममा १० का दरले छ दिनसम्म गरी ६० जनालाई सिकाइने नाष्टले जानकारी दिएको छ।तालीममा घरेलु सामग्री (तीनपाने) रक्सीलगायत रसायन (केमिकल) प्रयोग गरेर बनाउन सिकाइँदै छ। नाष्टका वैज्ञानिकले ७० देखि ८० प्रतिशत रक्सीको मात्रा, दुई प्रतिशत गिसिरोल, शून्य दशमलव तीन प्रतिशत हाइड्रोजन पेरोअक्साइड र १८ प्रतिशत डिस्टिल वाटर प्रयोग गरेर स्यानेटाइजर निर्माण गरिसकेको र यसैअनुरुप सिकाइने नाष्टका वरिष्ठ वैज्ञानिक सजनलाल स्याउलाले जानकारी दिए।उनले भने, ‘मानिसले इथानोल अल्कोहलको ठाउँमा मिथानोल अल्कोहल प्रयोग गरेभने यसले सिधै ज्यान लिन्छ, हामीले विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुरुपको स्यानेटाइजर निर्माण गरी यसै अनुरुप सिकाउँदैछौं।”पचहत्तरदेखि ८० प्रतिशत रक्सीको मात्रा प्रयोग गरेर निर्माण गरिएको स्यानेटाइजरले झन् बढी काम गर्ने र मानिसको हातमा रहेको भाइरसको प्रोटिङ मार्न छिट्टै सफल हुने स्याउलाले बताए।नाष्टका वैज्ञानिकले बनाएका स्यानेटाइजरबाट जीवाणु (ब्याक्टेरिया), सूक्ष्मजीवाणु ( भाइरस) र ढुसी (फङ्गस) तीनैवटाबाट सङ्क्रमण फैलिन रोक्ने नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले जानकारी दिए। वैज्ञानिकसँग स्यानेटाइजर निर्माण गर्न सिकेर घरघरमा गई सिकाउन वडा नं २४ का वडाध्यक्ष दिनेश कार्कीले आग्रह गरे।उनले भने, ‘महानगरपालिकाभित्रका जनताले अब बजारमा स्यानेटाइजरको अभाव हुन दिने छैनन् भन्ने विश्वास लिएको छु।” नाष्टले बनाएको स्यानेटाइजरबाट छदेखि आठ सेकेन्डमै सूक्ष्मजीवाणु मार्न सफल हुने बताइएको छ।नेपालमा कोभिड–१९ को महामारी नफैलियोस् भनी आफूहरुले पूर्वसावधानीका साथ कार्यक्रम सञ्चालन गरेको वडा नं १२ का वडाध्यक्ष नारायणलाल अवालेले बताए।उनले भने, ‘स्थानीय रक्सीबाट स्यानेटाइजर निर्माण हुन्छ भन्दैमा जथाभावी रुपमा बनाउने कोसिस नगर्नुहोस्, यसले मानिसलाई झन् क्षति पुर्‍याउँछ।” महानगरवासीले स्यानेटाइजर निर्माण गर्न सिकेसँगै उक्त औषघि साबुन पानीको विकल्पका रुपमा पनि प्रयोग गर्न सकिने भएको छ।

रासस 
सम्बन्धित पोस्ट
  • मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन
  • अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प
  • फिर्ता बोलाइएका राजदूत परराष्ट्र मन्त्रालयमा ‘अलपत्र’
  • विशेष रिपोर्ट: नेपालमा नयाँ शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण; पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    सुभाय् पोस्ट बिशेष

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑