पोखरा /मिस नेवा पोखरा ११४० को आइतबारको अडिसनबाट २५ प्रतिश्पर्धी छानिएका छन् । नेवा: खल: कास्कीले आयोजना गरेको प्रतियोगितामा प्रावधान अनुसार नेवार समुदायका १६ देखि २२ वर्षका युवतीहरुले अडिशनमा भाग लिन पाका थिए ।
आइतबार छानिएका प्रतिश्पर्धीहरुलाई २८ दिन तालिम दिइने प्रतियोगिता संयोजक विमल श्रेष्ठले बताए । प्रतियोगीलाई नेपाल भाषा , सांस्कृतिक, नाच, संगीत, नेवार सभ्यताका साथै व्याक्तित्व र नेतृत्व विकासबारे सहजीकरण गरिने बताइएको छ ।नेवा: खल: कास्कीका अध्यक्ष अशोक पालिखेले यो प्रतियोगिता सुन्दरी प्रतियोगिता नभई भाषा, संस्कृति जोगाउने अभियान भएको बताए। उनले भने, ‘विश्वव्यापीकरण र प्रविधिको विकाससँगै हाम्रो संस्कार, संस्कृतिमा पनि केही चुनौती थपिएका छन् तर हामीले हाम्रो संस्कार भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ’।
मिस नेवा ११४० को उद्घाटन माघ १६ गते हुनेछ भने १७ गतेबाट तालिम सुरु हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश ४०, २५ र १५ हजार नगदसहित प्रमाणपत्र र उपहार पाउने छन् । प्रतियोगितामा विभिन्न टाइटल विजेतालाई पनि पुरस्कारको व्यवस्था छ । उत्कृष्ट नेपाल भाषा ७ हजार, भ्युअर्स च्वाइस, मस्ट ट्यालेन्ट, बेस्ट पर्सनालिटी, बेस्ट फ्रेेन्डलि , बेस्ट स्माइल र फोटोजेनिकलाई समान ५ हजार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल चैत ८ गते पोखरा सभागृहमा हुनेछ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५