• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 04, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  उपत्यका

रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

सुभाय् संवाददाता October 4, 2026 मा प्रकाशित (३ मिनेट अघि) अनुमानित पढ्ने समय : १५ मिनेट

जिल्ला कोषाध्यक्षमा केदारप्रसाद रैला मनोनीत, संगठन विभाग प्रमुखको जिम्मेवारी सौरभ बस्नेतलाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्ला समितिको पूर्ण बैठक सम्पन्न भएको छ। २०८३ असोज १८ गते आइतबार काठमाडौं महानगरपालिका–८, गुह्येश्वरीस्थित गुह्येश्वरी क्याटरिङमा जिल्ला सभापति राजा शाक्यको अध्यक्षतामा बैठक बसेको हो।

बैठकमा काठमाडौं जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू, जिल्लाअन्तर्गतका नगर सभापति, क्षेत्रीय संयोजक तथा ‘घन्टी मित्र’हरूको उल्लेखनीय सहभागिता रहेको रास्वपा काठमाडौं जिल्ला समितिले जनाएको छ।

बैठकमा पार्टीको संगठनात्मक गतिविधि, आगामी राजनीतिक कार्यदिशा तथा स्थानीय र प्रदेश तहको निर्वाचन तयारीबारे छलफल भएको थियो। साथै पार्टीका विभिन्न तहबीचको आपसी समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने तथा समसामयिक राजनीतिक विषयमा समेत छलफल गरिएको थियो।

बैठकले जिल्ला समितिको जिम्मेवारीसमेत हेरफेर गरेको छ। जिल्ला समितिका सदस्य केदारप्रसाद रैलालाई काठमाडौं जिल्ला समितिको कोषाध्यक्ष पदमा मनोनयन गरिएको छ। जिल्ला सभापति राजा शाक्यले रैलालाई कोषाध्यक्षको जिम्मेवारी दिएका हुन्।

त्यसैगरी सौरभ बस्नेतलाई काठमाडौं जिल्ला समितिको संगठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।

बैठकमा आगामी दिनमा संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै स्थानीय तहसम्म पार्टीका गतिविधि विस्तार गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।

रास्वपा काठमाडौं जिल्ला समितिले निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार, कार्यकर्ता परिचालन तथा विभिन्न तहका समितिबीच समन्वयलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ।

सम्बन्धित पोस्ट
  • शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य
  • प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण
  • शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो
  • काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरको आठ दशक’ कार्यक्रम, छ कृति विमोचनसहित ‘अक्षर महर्षि’ सम्मान प्रदान

    सम्यक् महादान मूल समारोह समितिको सचिवालय स्थापना, आउँदो माघ १ गते महादान हुने

    वंशजका नेपाली नागरिकको नागरिकता निरन्तरता र राजनीतिक अधिकार सुनिश्चित गर्न संविधान संशोधनको माग

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण

    सुभाय् पोस्ट बिशेष

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरको आठ दशक’ कार्यक्रम, छ कृति विमोचनसहित ‘अक्षर महर्षि’ सम्मान प्रदान

    सम्यक् महादान मूल समारोह समितिको सचिवालय स्थापना, आउँदो माघ १ गते महादान हुने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑