• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 06, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  कला/मनोरंजन

बाढी पीडितको सहयोगार्थ “जय लाखय्” ,हेर्ने हैन त ?


सुभाय् संवाददाता September 6, 2026 मा प्रकाशित (१ घण्टा अघि) अनुमानित पढ्ने समय : १८ मिनेट

बाढी पीडितको सहयोगार्थ ‘जय लाखे’को विशेष शो, सङ्कलित रकमको ५०% प्रधानमन्त्री दैवीप्रकोप उद्धारकोषमा प्रदान गरिने

काठमाडौँ — बहुचर्चित नेपाली सांस्कृतिक एनिमेसन चलचित्र ‘जय लाखय्’ (Jaye Lakhay) को बाढी पीडितको सहयोगार्थ काठमाडौँ र लन्डनमा विशेष च्यारिटी प्रदर्शन हुने भएको छ। यन्त्रकला (Yantrakala) को प्रस्तुति रहेको यस चलचित्र प्रदर्शनबाट संकलित कूल कमाइको ५० प्रतिशत रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धारकोष (PMO Nepal Disaster Relief Fund) मा हस्तान्तरण गरिने आयोजकले जनाएका छन्।

देशमा आइपरेको आपत्-विपत् र प्राकृतिक प्रकोपबाट प्रभावित बाढीपीडितहरूलाई राहत तथा पुनर्स्थापनामा सघाउ पुर्‍याउने उद्देश्यले “Cinema with Culture, Compassion with Action” भन्ने मूल नाराका साथ यो सामाजिक पहल थालिएको हो।

प्रदर्शनी विवरण तथा तालिका:

  • लन्डन सो (UK):

    • मिति: ६ सेप्टेम्बर २०२६ (आइतबार) | साँझ ६:०० बजे

    • स्थान: Tramshed, 51 Woolwich New Rd, London

  • काठमाडौँ सो (नेपाल):

    • मिति: भदौ २७ गते, शनिबार (१३ सेप्टेम्बर २०२६)

    • स्थान: रञ्जना सिनेप्लेक्स, न्युलोड, काठमाडौँ (Screen AUDI-1)

    • समय:

      • दिउँसो १२:०० बजे (नेपाली भाषा)

      • दिउँसो ०१:३० बजे (नेपालभाषा)

संयुक्त श्रेष्ठद्धारा निर्देशित जय लाखय् अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित एनिमेसन चलचित्र,  नेपाली लोककथा, मन्त्र-तन्त्र र लाखे परम्परालाई समेटेर तयार पारिएको यो चलचित्रले स्टकहोम, स्विडेन, लन्डन, सिङ्गापुर तथा पूर्वी युरोपका विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा उत्कृष्ट एनिमेसन फिचर अवार्ड तथा सम्मान प्राप्त गरिसकेको छ।

आपत्-विपत्को यस घडीमा कला, संस्कृति र सिनेमाको माध्यमबाट सामाजिक उत्तरदायित्व बहन गर्दै आयोजना गरिएको यस विशेष शोमा सहभागी भई बाढीपीडितको सहयोगमा हात मिलाउन आयोजक टोलीले सम्पूर्ण दर्शक तथा शुभचिन्तकहरूमा हार्दिक अपिल गरेको छ।

 

#nepanewsviews

सम्बन्धित पोस्ट
  • बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान
  • वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर
  • आशा जीवित छ, अब जिम्मेवारीको परीक्षा हो
  • ११ औँ दिनमा पनि जीवितै उद्धार, सुरुङ र भग्नावशेषबाट पलायो आशा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    बाढी पीडितको सहयोगार्थ “जय लाखय्” ,हेर्ने हैन त ?

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    आशा जीवित छ, अब जिम्मेवारीको परीक्षा हो

    ११ औँ दिनमा पनि जीवितै उद्धार, सुरुङ र भग्नावशेषबाट पलायो आशा

    नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा :

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    ११ औँ दिनमा पनि जीवितै उद्धार, सुरुङ र भग्नावशेषबाट पलायो आशा

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    सुभाय् पोस्ट बिशेष

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    बाढी पीडितको सहयोगार्थ “जय लाखय्” ,हेर्ने हैन त ?

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    आशा जीवित छ, अब जिम्मेवारीको परीक्षा हो

    ११ औँ दिनमा पनि जीवितै उद्धार, सुरुङ र भग्नावशेषबाट पलायो आशा

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑