• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 12, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  साहित्य

नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!


सुभाय् संवाददाता September 4, 2026 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : १९ मिनेट

– ब्ल्याक एन्ड ह्वाइट सेना (rakam)

(व्यङ्ग्य स्तम्भ)

आजकाल हाम्रो देशमा सेना बन्न कति सजिलो भएको छ! न त १५ किलोको झोला बोकेर भीरपहरामा दौडिनुपर्छ, न त बिहान चारै बजे उठेर ‘पिटी’ नै खेल्नुपर्छ। फेसबुकमा एउटा पेज खोल्यो, अलिकति आक्रामक नाम राख्यो, अनि दुई-चार जना साथीलाई ‘एडमिन’ बनाइदिएपछि भइहाले प्रधानसेनापति!

हिजोसम्म ‘साइबर सेना’ को दबदबा थियो। कसैले नेताज्यूको आलोचना गर्‍यो कि साइबर सेनाका सिपाहीहरूले ‘कमेन्ट सेक्सन’ मा छिरेर यस्तो ‘अट्याक’ हान्थे कि बिचरा आलोचकले तीन दिनसम्म मोबाइल नै स्विच अफ गरेर बस्नुपथ्र्यो।

तर आजकाल त कथा अनलाइनमा मात्रै सीमित रहेन, सोझै सडकमा ओर्लिसकेछ! हालै स्वयंसेवक वा सामाजिक सेवाको नाममा निस्किएको ‘ग्रीन सेना’ लाई नै हेरौँ न— हेर्दा लाग्छ, देशमा अर्को छुट्टै आधिकारिक सैन्य फौज खडा भइसकेछ! राष्ट्रिय सेनाकै जस्तो हुबहु बर्दी, काँधमा त्यस्तै दर्ज्यानी चिन्ह (रैंक), अनि चालढाल र मार्चपास पनि दुरुस्तै! सर्वसाधारण नागरिक तिनलाई देखेर अलमलमा परिसके— “यी हाम्रा असली सिपाही हुन् कि सोसल मिडियाका हरिया सिपाही?”

सक्कली सेनाले वर्षौँ तालिम गरेर, अनुशासनमा बाँधिएर लगाउने दर्ज्यानी चिन्ह र बर्दी अचेल फेसन शोको पहिरन जस्तै बजारमा पाइने भएपछि अब अरू ‘कलर’ का सेनाहरू पछि पर्ने कुरै भएन!

१. ह्वाइट सेना (The White Sena)

यिनीहरू सायद ‘शान्ति र निष्पक्षता’ को सेतो कपडा र सेतै दर्ज्यानी चिन्ह लगाएर मैदानमा उत्रिनेछन्। यिनको मुख्य काम हुनेछ— कसैले सामाजिक सञ्जालमा गालीगालौज गर्‍यो भने कमेन्टमै गएर ‘शान्ति पाठ’ पढाउने! तर, ध्यान दिएर हेर्नुभयो भने यिनको सेतो कुर्ताभित्र पनि आफ्नै नेताज्यूको ‘भोट बैंक’ को धागो सिएको भेटिनेछ।

२. ब्ल्याक सेना (The Black Sena)

यिनीहरू चाहिँ अलि बढी ‘ड्यासिङ’ र ‘अन्डरग्राउन्ड’ भाइब्स बोकेर आउनेछन्। कालो चश्मा, कालो ज्याकेट, कालो बर्दी र कालो मास्क लगाएर यिनीहरू अनलाइनमा “डार्क मोड” अन गरेर बस्नेछन्। कसैले आफ्ना नेताको पोल खोलिदियो भने, यिनीहरूले कमेन्टमा कुनै तर्क गर्दैनन्— सोझै ‘ट्रोल’ र ‘मिम्स’ को यस्तो कालो आँधीहुरी चलाइदिन्छन् कि अगाडिको मान्छेको होस नै उड्छ!

रङ्गीन सेनाहरूको नयाँ परेड

देशलाई त गफ होइन, विकास चाहिएको थियो। युवालाई टिकटकमा मार्चपास गर्ने ‘स्टन्ट’ होइन, हातमा दिगो रोजगारी र दिमागमा सही मार्गदर्शन चाहिएको थियो। तर विचरा हाम्रा राजनीतिक दल, सामाजिक संस्था र दर्ता नभएका ‘हङ्गामा अभियान’ हरूलाई के थाहा? उनीहरूलाई त राष्ट्रिय पोसाक र सेनाको बर्दीलाई फेसन शोको पहिरन बनाएर भए पनि आफ्नै एउटा ‘प्राइभेट पल्टन’ खडा गर्नु परेको छ!

हुन त कुरो पनि साँचो हो— वास्तविक देशसेवा गर्न त नीति बनाउनुपर्छ, निष्ठामा अडिनुपर्छ, अनि पसिना बगाउनुपर्छ। त्यो कति गाह्रो काम! त्योभन्दा त दर्जीकहाँ गएर एउटा सुट सिलायो, बजारबाट दुई-चार वटा ‘तक्मा’ र स्टार किनेर काँधमा झुन्ड्यायो, अनि फेसबुक र टिकटकमा ‘सेनापति’ को पोज दिएर फोटो खिचाउन कति हो कति सजिलो!

अब पालो: ‘सोझो जनता सेना’

यो रङ्गीन र नक्कली दर्ज्यानीधारीहरूको नाटक हेर्दाहेर्दा थाकेका सोझा सर्वसाधारण नागरिकसँग अब एउटै मात्र विकल्प बाँकी छ— “सोझो जनता सेना” खोल्ने!

जसको काम कुनै मार्चपास गर्नु वा कसैलाई गाली गर्नु हुने छैन। यो सेनाका ‘सिपाही’ हरू हातमा सामान्य विवेकको कुचो लिएर सडक र सोसल मिडियामा निस्किनेछन्। जहाँ-जहाँ यी रङ्गीन सेनाहरूले गफ, भ्रम र नक्कली फुलीको कचरा खसाल्छन्, त्यहाँ-त्यहाँ कुचोले स्वाट्ट बढार्दी कानमा गएर सानाबाबुलाई जस्तै सुस्तरी सोध्नेछन्—

“ए भाइ हो! बर्दी पनि टिलिक्क टल्काएछौ, काँधमा तक्मा र फुली पनि ढल्काएछौ… फोटो खिचाएर भ्याएको भए भनिदेऊ न, यो देशचाहिँ कहिले बनाउने हो?”

– लेखक: ब्ल्याक एन्ड ह्वाइट सेना (व्यङ्ग्य स्तम्भ)

सम्बन्धित पोस्ट
  • शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑