काठमाडौं / पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन पड्केर घाइते भएका पोखरा महानगर पालिका मेयर धनराज आचार्यको किर्तिपुर बर्न हस्पिटलको सघन उपचार कक्ष (ICU ) उपचाररत रहेका छन् । घट्ना लगत्तै तत्काल फिस्टेल हस्पिटल पोखरामा पहिलो चरणको उपचार पश्चात थप उपचारको लागि काठमाडौं ल्याइएको थियो । अहिले उनी सामान्य बोल्न सक्ने अबस्था छन् । हस्पिटलका अनुसार जलनको भित्री असर बारे २४ घन्टापछि जानाकारी दिने बताएको छ ।
उनीसँग दुर्घटनामा परेका उपप्रधानमन्त्री पौडेलको पनि कीर्तिपुर हस्पिटलमा सघन कक्षमा उपचाररत रहेका छन् ।
४/५ प्रतिशत जलेको अस्पताल स्रोतले जनाएको छ । टाउको र अनुहारमा जलेका कारण फोक्सोमा समस्या आउन सक्ने जटिलता रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।यस तथ्यलाई ध्यानमा राखेर उपचार अगाडि बढाइएको जनाइएको छ ।।
पर्यटन राजधानी पोखरामा आन्तरिक तथा बाह्य गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ घोषणा गर्न लागिएको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक समारोहका क्रममा भएको दुर्घटनामा परि म
उहाँहरू दुवै जनाको काठमाडौँ कीर्तिपुर स्थित बर्न (जलन सम्बन्धी उपचार हुने) अस्पतालको सधन उपचार कक्षमा उपचार भइरहेको छ । दुवै जनाको अनुहार र आसपासमा ५/६ प्रतिशत जलेको र श्वास नली र फोक्सोमा समेत असर देखिन सक्ने सम्भावनालाई मध्यनजर गरी उच्च निगरानीमा उपचार थालिएको अस्पतालले जानकारी गराएको छ ।
सधन उपचार कक्षका प्रा.डा वि.डी झा, डा. प्रवीण गिरी, जलन विशेषज्ञ प्रा.डा शङ्करमान राई, डा. विशाल कार्की, डा. मनिष यादव, आकस्मिक उपचार टोलीका डा. प्रयुस अर्याल, नर्सिङ टोली रिना गौचन, निर्मला कुवंर र तृष्णा महर्जन लगायतको टोली घाइते मन्त्री र प्रमुख ज्युको उपचारमा संलग्न छ ।
पोखरा महानगरपालिका उहाँहरू दुवै जनाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५