काठमाडाैं/ “सीप सिकौं, आत्मनिर्भर बनौं” भन्ने मूल नाराका साथ काठमाडौं महानगरपालिका वडा नं १८ को सहकार्यमा श्रृंगार तथा रेशमी धागो हस्तकला तालिम माघ २८ गतेदेखि सुरू भएको छ। जेमिनी युनिसेक्स सैलुन एन्ड मेकअप स्टुडियो र अल्कोहोलिक रिकभरिङ भ्वाइस नेपालको प्राविधिक सहयोगमा आयोजित तालिममा श्रृंगार तथा हस्तकलाका व्यावसायिक सीप प्रदान गरिँदै छ।
तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष न्हुछेकाजी महर्जनले स्थानीय तहबाटै सीप सिकाउने कार्यक्रमहरू सञ्चालन गरिनु स्वरोजगार र उद्यमशीलता प्रवर्द्धनका लागि प्रभावकारी उपाय भएको बताए। उनले श्रृंगार तालिमले सौन्दर्य क्षेत्रमार्फत आम्दानीको अवसर सिर्जना गर्ने उल्लेख गर्दै घरमै सीमित नभई सीपलाई व्यवहारमा लागू गर्नुपर्ने सुझाव दिए।
स्थानीय स्तरमै उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौं महानगरपालिका वडा नं १८ ले स्थानीय तहबाटै सीपमूलक तालिम सञ्चालन गरी युवाहरूलाई स्वरोजगार बनाउन जोड दिँदै यस किसिमको व्यावसायिक सीप प्रदान गर्दै थप कार्यक्रमहरू सञ्चालन गरिने वडा कार्यालयले जनाएको छ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५