काठमाडौं / काठमाडौं महानगर पालिका वडा नं. १५ काे सहकार्यमा तथा सुभाय् मिडिया इन्फोटेन्मेन्टको प्राविधिक सहयोगमा सांस्कृतिक जागरण समूहद्वारा नृत्य प्रशिक्षण कार्य सुभारम्भ गरेको छ ।
काठमाडौंको लखुतीर्थस्थित जगतसुन्दर ब्वनेकुथी(स्कुल)मा स्वास्थ्य र सशक्तीकरण र प्रतिभा विकासकाे निम्ति नृत्य भन्ने नारा सहित आयोजना गरिएको नृत्य प्रशिक्षणको उद्घाटन प्रमुख अतिथि कामपा १५ वडाका वडा अध्यक्ष श्री ईश्वरमान डंगोलले पानसमा बत्ती बाली गरेका हुन् ।
सांस्कृतिक जागरण समूहका अध्यक्ष श्री राजेन्द्र श्रेष्ठको सभापतित्वमा भएको प्रशिक्षण कार्यक्रममा वडा सदस्यहरु मैंयालक्ष्मी महर्जन , नेवा: देय् दबू ,काठमाडौ महानगरपालिकाका अध्यक्ष श्री अर्विन्द्र मान सिंह तथा नृत्य प्रशिक्षक रन्जु श्रेष्ठको उपस्थिति रहेको थियो ।नृत्य प्रशिक्षण बारे पहिलेदेखि नैं चर्चा भएको र हाल आएर त्यो साकार भएको बताउँदै नृत्यले मानिसलाई स्वस्थ र आत्मविश्वास बढाउने कार्य गर्ने बताए । साथै आउँदो फागुन १० गतेदेखि वडा कार्यालयले आयोजना गर्ने स्वयम्भू महोत्सवमा यस प्रशिक्षणबाट तालिमप्राप्त नृत्यकारहरुले एउटा आकर्षक नृत्य प्रस्तुत गर्नेमा ढुक्क रहेको बताउँदै वडा अध्यक्ष डंगोलले नृत्यले मानिसहरूलाई क्रियाशील बनाउने बताए।
नृत्य प्रशिक्षणमा ८० भन्दाबढी महिलाहरु सहभागिता रहने आयोजकले जनाएको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५