• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 27, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

चांगुनारायणबाट चोरिएको मूर्ति हजार वर्ष पुरानो !


सुभाय् संवाददाता November 22, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर परिसरबाट चोरी भएको मूर्ति झन्डै एक हजार वर्ष पुरानो भएको बताइएको छ।

त्रिभुवन विश्वविद्यालयको संस्कृति विभागका प्राध्यापक मुकुन्दराज अर्यालका अनुसार उक्त मूर्ति लिच्छवि कालको अन्त्यतिर वा मध्यकालको सुरुवाततिरको हो। उनले यसलाई १० औँदेखि ११ औँ शताब्दीको बताएका छन्।

‘लक्ष्मीनारायणको मूर्ति कम्तीमा पनि एक हजार वर्ष पुरानो हो,’ उनी भन्छन्, ‘यो जयस्थिति मल्लभन्दा पुरानो अर्थात् पूर्व मध्यकालको त निश्चितै हो।’

लिच्छविकालको अन्त्य र मल्लकालको उदयलाई नेपालको इतिहासमा अन्धकार युग मानिन्छ। झन्डै आठौँ वा नवौँ शताब्दीदेखि १३ औँ शताब्दीसम्म ऐतिहासिक दस्तावेजका कमीले गर्दा यसलाई अन्धकार युग मानिएको हो।

चोरिएको मूर्तिलाई त्यहीबीचको अनुमान गर्छन्, संस्कृतिविज्ञ अर्याल।

उक्त मूर्तिलाई अष्टभुज नारायण वा अष्टबाहु नारायण भनिएको छ। मूर्ति करिब ९ इन्च बाइ १२ इन्चको रहेको छ।

तर, संस्कृतिविद् अर्याल उक्त मूर्तिलाई लक्ष्मी नारायण नै मान्छन्। उक्त मूर्ति अर्धनारीश्वरजस्तै दायाँ भागमा भगवान् विष्णु र बायाँ भागमा देवी लक्ष्मी कमलको आसनमा देखाइएको छ। मूर्तिमा आठ हात देखाइएकाले यसलाई अष्टभुज वा अष्टबाहु नारायण भनिएको संस्कृतिविद् अर्याल बताउँछन्। मूर्तिको दायाँ हातमा भगवान् विष्णुले चक्र, गदा, शङ्ख र पद्म समातेको देखाइएको छ।

चाँगुनारायण मन्दिरको परिसरमा उत्तरतर्फको सत्तलमा सो मूर्ति थियो। तर सत्तल पुनर्निर्माणका क्रममा सो मूर्तिलाई निकाली परिसरमै रहेको कृष्ण मन्दिरको पछाडि राखिएको थियो।

चाँगुनारायण मन्दिर परिसरमा सशस्त्र प्रहरीले गस्ती गरिरहे पनि सशस्त्रकै सुरक्षा घेराबाट उक्त मूर्ति चोरी भएको हो।

उक्त क्षेत्रमा सुरक्षाका लागि राखिएको सीसीटिभी क्यामेरा निष्क्रिय छ। यस विषयमा स्थानीयले पटकपटक नगरपालिकालगायत सम्बन्धित निकायसमक्ष पत्राचार गर्दा पनि त्यसमाथि कुनै कारबाही भएको थिएन।

source : nepalnews

सम्बन्धित पोस्ट
  • रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन
  • रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल
  • रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन
  • बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    बाढी आयो, तर सूचना किन आएन ? चीनसँग प्रविधि छैन?

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    धर्मपथमा नेपालभाषा कविता कन्सर्ट

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    सुभाय् पोस्ट बिशेष

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑