पोखरा/पोखरालाई केन्द्रमा राखेर सञ्चालन भइरहेको सिटीवान टेलिभिजनको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले पुनः पवन प्रजापतिको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ। उपाध्यक्ष चिनु गुरुङ र राजेन्द्र ओझा, सचिव सुरेश श्रेष्ठ र कोषाध्यक्ष विनोद भुजेल सर्वसम्मत चयन भएका छन्। सदस्यमा सुनिल गुरुङ, सुदीप प्रधानांग, सुस्मा थापा पाण्डे, सन्तोष कुमार श्रेष्ठ, वसन्त केसी र टिना थापा छन्। नेतृत्व चयनको लागि अधिवक्ता वि वि विष्ट संयोजक रहेको निर्वाचन समिति निर्माण गरिएको थियो। यसअघि अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष प्रजापतिले टेलिभिजनको स्थापनाकालीन लक्ष्यअनुसार नै अबको कार्य समितिले काम गर्ने धारणा व्यक्त गरे। अध्यक्ष प्रजापतिले अबको कार्य समितिले बजारको अवस्थालाई ध्यान दिँदै टेलिभिजन अझै राम्रो र सबै दर्शकको अपनत्व हुने खालका कार्यक्रम प्रसारण गर्ने वातावरण बनाउन सबैसँग अनुरोध पनि गरे। कार्यक्रममा टेलिभिजनका उपाध्यक्ष चिनु गुरुङले सबैको हित र आम नागरिकको पक्षमा वकालत गर्न स्थापना गरिएको सिटीवानले भुइँ मान्छेको आवाजलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने धारणा राखिन्। उनले यस्तो विकराल अवस्थामा पनि टेलिभिजनले लक्ष्यअनुसारको नाफा आर्जन गर्न सकेकोमा सबैलाई धन्यवाद दिँदै यो वर्ष अझ धेरै काम गर्न सबैसँग सहकार्यका लागि अनुरोध गरिन्। पोखराको दि होटल कान्तिपुरमा भएको साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को आर्थिक प्रतिवेदन र सचिवको प्रतिवेदन सर्वसम्मतले पारित समेत गरेको थियो। कार्यक्रममा टेलिभिजनका प्रबन्ध निर्देशक तथा सेयर सदस्य अनिशा श्रेष्ठले टेलिभिजनको सञ्चालन प्रक्रिया र टेलिभिजनले आगामी वर्षमा लिनुपर्ने रणनीतिक योजनाका बारेमा जानकारी गराएकी थिइन्।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५