• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 26, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  अन्तर्राष्ट्रिय

लामो दूरीका क्षेप्यास्त्रहरू रुसमा प्रहार गर्नदिने अमेरिकाको अनुमति युक्रेनलाई


सुभाय् संवाददाता November 19, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनले अमेरिकाले उपलब्ध गराएका लामो दूरीका क्षेप्यास्त्रहरू रुसमा प्रहार गर्न दिने अनुमति युक्रेनलाई प्रदान गरेका छन्।
आगामी ज्यानुअरी महिनामा अमेरिकाको सत्ताबाट बाहिरिन लागेका बाइडनको प्रशासनले अमेरिकाले यसअघि युक्रेनलाई उपलब्ध गराएको आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (एटीएसीएमएस) प्रयोग गर्न किएभलाई अनुमति दिएको बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजले जनाएको छ।
लामो दूरीमा मार हान्न सक्ने क्षमता भएका अस्त्रहरू युक्रेनलाई दिन अमेरिकी सेना अनिच्छुक थियो। यद्यपि बाइडनले ती क्षेप्यास्त्र युक्रेनलाई उपलब्ध गराउन गोप्य निर्देशन दिएका विवरणहरू यसअघि सार्वजनिक भएका थिए।
तर यस्ता अस्त्रको प्रयोगले युद्ध चर्किने सम्भावनालाई दृष्टिगत गर्दै वाशिङ्टनले यसअघि प्रयोग नगर्न भनेको थियो।
ट्रम्पले युक्रेनलाई अमेरिकी सैन्य सहयोग उपलब्ध नगराउने अनुमान गरिएको छ।
तर उनले राष्ट्रपतिको कार्यभार सम्हाल्नुभन्दा दुई महिनाअघि बाइडन प्रशासनले आफ्नो नीति उल्ट्याउँदै अस्त्र प्रयोगको अनुमति दिएको हो। यसलाई अमेरिकी नीतिमा ठूलो परिवर्तन मानिएको छ।

अमेरिकाको निर्णयप्रति रुसमा चर्को आक्रोश व्यक्त भएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयले अमेरिकाले युद्धको “आगोमा घिउ थपेको” प्रतिक्रिया दिएको छ।
यसलाई आफूले युक्रेनबाट नभई अमेरिकाबाटै भएको आक्रमणको रुपमा बुझेको क्रेम्लिनले एक विज्ञप्तिमा जनाएको छ।
सत्ताबाट बाहिरिन लागेका अमेरिकी राष्ट्रपति जो बाइडनले तनाव बढाउन चाहेको “स्पष्ट” भएको उसले बताएको छ।
क्रेम्लिनसँग नजिक रहेको लिबरल-डेमोक्र्याटिक पार्टीका सांसद लिओनिद स्लुत्स्की उक्त कदमका कारण “अन्ततोगत्वा तनाव चुलिने र गम्भीर परिणाम निम्तिन सक्ने” ठान्छन्।
रुसको माथिल्लो सदनका सांसद भ्लादिमिर जबारोफले त्यसलाई “तेस्रो विश्वयुद्धतर्फको एउटा अभूतपूर्व कदम” भनेका छन्। courtesy:bbc

सम्बन्धित पोस्ट
  • लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?
  • कोलाज
  • सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?
  • संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    धर्मपथमा नेपालभाषा कविता कन्सर्ट

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    कोलाज

    सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

    राष्ट्रिय झण्डा ओढाएर जनकवि दुर्गालाल श्रेष्ठको राजकीय सम्मानका साथ अन्त्येष्टि

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    राष्ट्रिय स्वतन्त्र पार्टी शंखरापुर नगर समितिको सम्पर्क कार्यालय उद्घाटन, ३०० भन्दा बढी पार्टी प्रव

    पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

    सुभाय् पोस्ट बिशेष

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    कोलाज

    सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?

    संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

    राष्ट्रिय झण्डा ओढाएर जनकवि दुर्गालाल श्रेष्ठको राजकीय सम्मानका साथ अन्त्येष्टि

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑