• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 07, Jun, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

क्रान्तिकारी कदम- मातृभाषामा समाचार सम्प्रेषण


सुभाय् संवाददाताOctober 20, 2024 मा प्रकाशित (७ महिना अघि) अनुमानित पढ्ने समय : ४८ मिनेट
“कागजमा मात्रै नभई जनताको अनुहार, भाषा र संस्कृतिमा राष्ट्रियता तथा समावेशी प्रजातन्त्र झल्कनुपर्छ ।”“भाषा र संस्कृति संरक्षणमा केन्द्रीय सरकारदेखि स्थानीय सरकारले अभियान थाल्नुपर्छ, भाषा र संस्कृति बलियो भए मात्र राज्य बलियो हुन्छ ।”-पृथ्वीसुब्बा गुरुङ,सञ्चार तथा सूचना प्रविधिमन्त्री
“भाषा बचेन भने मिडिया बच्न सक्दैन, मिडिया बचेन भने भाषा बच्न सक्दैन । भाषा र मिडिया एक अर्काका पुरक हुन् ।"
-धर्मेन्द्र झा,कार्यकारी अध्यक्ष,राष्ट्रिय समाचार समिति (रासस)
"रासस जस्तो सञ्चारमाध्यममा मातृभाषामा समाचार सम्प्रेषण गर्ने कार्य क्रान्तिकारी कदम " -सुरेशकिरण मानन्धर,भाषा आयोगका सदस्य
काठमाडौँ/ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यलाई शक्तिशाली बनाउन भाषा र संस्कृतिले अहम भूमिका खेल्ने भएकाले यसको संरक्षण गर्न जरुरी रहेको बताउनुभएको छ ।
राष्ट्रिय समाचार समिति (रासस) ले आजदेखि औपचारिकरुपमा सुरु गरेको मैथिली र नेपाल भाषा समाचारको शुभारम्भ गर्दै मन्त्री गुरुङले सरकारले भाषा संरक्षण अभियान सरकारी मातहतका सञ्चार माध्यमबाट थालनी गरेको बताउनु भयो । सबै क्षेत्रका जनतालाई साझा र समान अधिकार बाँडफाँड गर्दै राष्ट्रियतालाई प्रवर्धन गर्न सकिने उल्लेख गर्दै उहाँले भन्नुभयो, “कागजमा मात्रै नभई जनताको अनुहार, भाषा र संस्कृतिमा राष्ट्रियता तथा समावेशी प्रजातन्त्र झल्कनुपर्छ ।”
राज्यका स्रोत र साधनमा समान पहुँच भएन भने मुलुक अप्ठ्यारोमा पर्न सक्ने भन्दै मन्त्री गुरुङले प्रत्येक जातिय समुदायले आफ्ना भाषा र संस्कृति जोगाउने अवसरलाई ठूलो उपलब्धिका रुपमा लिन सकिने बताउनुभयो ।
सभ्य, शान्त, समृद्ध, विशाल र अखण्ड समाज निर्माण गर्ने अभियानमा यस्ता कार्य पहिलो पाइलो भएको उल्लेख गर्दै नेपाल सरकारका प्रवक्ता गुरुङले यस्ता प्रयास निरन्तर जारी रहन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । सरकारको सय दिने कार्य सम्पादनको पहिलो कार्य योजनामा राससलाई २४सै घन्टा सेवा प्रवाह गर्ने, रासस सङ्ग्रालय बनाउने र दुईवटा भाषामा समाचार सम्प्रेषण गर्ने जिम्मेवारी दिएकामा त्यसमा राससले सफलता प्राप्त गरेको भन्दै मन्त्री गुरुङले धन्यवाद ज्ञापन गर्नुभयो ।
रासससँगै रेडियो नेपाल, गोरखापत्र र नेपाल टेलिभिजनसमेतमा थप मातृभाषा समावेश हुनुले सङ्घीय समावेशी अवधारणा बलियो भएको उहाँको भनाइ थियो । स्थानीय सरकारसमेतले लोपोन्मुख भाषा संरक्षण अभियान चलाउनुपर्ने मन्त्री गुरुङले सुझाव दिनुभयो ।
“भाषा र संस्कृति संरक्षणमा केन्द्रीय सरकारदेखि स्थानीय सरकारले अभियान थाल्नुपर्छ”, उहाँले भन्नुभयो, “भाषा र संस्कृति बलियो भए मात्र राज्य बलियो हुन्छ ।”
मन्त्रालयका सचिव राधिका अर्यालले मातृभाषा समुदाय विशेषको आत्मसम्मान र गौरव गर्ने विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विविधतालाई जोड्ने र सबै भाषालाई मूल प्रवाहिकरणमा ल्याउने काम राससलगायतका सञ्चारमाध्यमले गरेका छन् । यसले समावेशीताको प्रवर्धन गर्छ ।”
राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससले प्रारम्भ गरेको मातृभाषाको समाचार सेवालाई दीगो बनाउन सबैसँग सहयोगका लागि आह्वान गर्नुभयो ।
उहाँले भन्नुभयो, “भाषा बचेन भने मिडिया बच्न सक्दैन, मिडिया बचेन भने भाषा बच्न सक्दैन । भाषा र मिडिया एक अर्काका पुरक हुन् । राष्ट्रको विस्तृत हित सोच्दै गर्दा सङ्क्रिर्ण सोच आफैँ हराउँदै जान्छ ।”
राससका महाप्रबन्धक सिद्धराज राईले नागरिकको सूचनाको हक स्थापित गर्ने सिलसिलामा राससले सरकार र जनताबीच पुलको काम गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पछिल्ला दिनमा राससले २४ सै घण्टा समाचार सेवासँगै संविधानको मर्म र भावनाअनुरुप विभिन्न मातृभाषामा समाचार सेवालाई स्थान प्रदान गर्दै अघि बढिरहेको छ ।”
भाषा आयोगका सदस्य सुरेशकिरण मानन्धरले रासस जस्तो सञ्चारमाध्यममा मातृभाषामा समाचार सम्प्रेषण गर्ने कार्य क्रान्तिकारी कदम भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सञ्चारमाध्यमले बहुभाषामा समाचार सम्प्रेषण गर्नु देशका विभिन्न भाषाभाषि र जातजाती समुदायका लागि गौरवको विषय हो ।”
प्रा डा योगेन्द्रप्रसाद यादवले भाषाको विकास र सम्वर्धन गर्न त्यसको प्रयोग आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मातृभाषाको प्रयोग गर्न पाउनु मौलिक अधिकार हो । पछिल्लो समय मातृभाषाको प्रयोग बढ्दै गएको छ ।” रासस
सम्बन्धित पोस्ट
  • काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प
  • अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सिंहदरबारभन्दा परको काठमाडौं

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    सुभाय् पोस्ट बिशेष

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑