“यस पाटीलाई हाम्रो अधिकार क्षेत्रमा ल्याएर सिलान्यास गर्न पाउनु भनेको आज हामीले हाम्रो अधिकारको पनि सिलान्यास गरेजस्तै हो ” चिनीकाजी महर्जन , कामपा २२ वडा अध्यक्ष
काठमाडौं /भद्रकाली परिसरमा रहेको स्थानीय गुथिको पाटी पुन: निर्माणको लागि सिलान्यास गरिएको छ ।
स्थानीय पुखुद्यां त्वा: गुथिको उक्त पाटी पुन: निर्माणका निम्ति काठमाडौं महानगर पालिकाको सहयोग रहने छ ।
सिलान्यास कार्य विधिपूर्वक पूजा गरि गरिएको थियो भने महानगरका उप- प्रमुखले सिलान्यास कार्य गरेका थिए ।
पुखुद्यांत्वा: गुथिका सदस्यहरु उल्लेख्य सहभागितामा भएको कार्यक्रममा पूर्व मेयर विद्यासुन्दर शाक्य , महानगर पालिकाका वडा अध्यक्षहरु , प्रशासन क्षेत्रका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पुखुद्यां टोल गुथिका सदस्य समेत रहेका कामपा २२ का चर्चित वडा अध्यक्ष चिनीकाजी महर्जनले ” हाम्रो पूर्खाको जग्गामा सिंहदरबार बनाए , हामीलाई जमीनबाट बेदखल गरियो, भृकुटीमण्डपको नाममा पनि भूमिबाट निस्कासन गरे । धेरै घाउ छ हाम्रो मसान समेत सिंहदरबारमा दुर्घन्ध आयो भन्दै यस ठाँउबाट शासकहरुले हटाइदिए ।” बारे बताउँदै ” यस पाटीलाई हाम्रो अधिकार क्षेत्रमा ल्याएर सिलान्यास गर्न पाउनु भनेको आज हामीले हाम्रो अधिकारको पनि सिलान्यास गरेजस्तै हो ” भन्दै वडा अध्यक्ष महर्जनले मन्तब्य राखेका थिए ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५