• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 18, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  उपत्यका

विपद्को घडीमा रास्वपा काठमाडौंको रक्तदान अभियान तीव्र, चन्द्रागिरिपछि टोखा,दक्षिणकाली र काठमाडौं–१७ मा कार्यक्रम


सुभाय् संवाददाता August 28, 2026 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : १३ मिनेट

काठमाडौं / भोटेकोशी बाढीबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्ला समितिले रक्तदानलगायतका मानवीय सहयोगका कार्यक्रमलाई तीव्रता दिएको छ। जिल्ला समितिको आह्वानमा विभिन्न नगर तथा वडा समितिहरूले आ–आफ्नो क्षेत्रमा रक्तदान तथा राहत सहयोगका कार्यक्रम सञ्चालन गरिरहेका छन्।

यसैक्रममा रास्वपा चन्द्रागिरि नगर पालिका समितिले भदौ १२ गते शुक्रबार ‘रक्तदान जीवनदान हो’ भन्ने नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।  नगर समितिका सभापति जनार्दन के.सी. को संयोजकत्वमा आयोजित कार्यक्रममा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्य समेत सहभागी भएका थिए।

कार्यक्रममा सहभागी हुँदै सभापति शाक्यले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले विपद्को समयमा राजनीतिक विभाजनभन्दा माथि उठेर मानवीय सेवामा सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

शाक्यले आफ्नो सन्देशमा भनेका छन्, “२०८३ साल भदौ १० गतेको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका सबैप्रति हार्दिक श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। दु:खद समय छ, विपदको समय छ । राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि नगर  पालिका समितिले रक्तदान कार्यक्रम आयोजना गरेको  छ,यसैगरी अन्य कमिटीहरुले पनि यस बिपदको बेला अत्यावश्यक अवस्था हेरी रक्तदान कार्यक्रम राख्दैछ । सहभागी हुनुभइ सहयोग गर्नुहुन सबैमा अनुरोध छ।”

चन्द्रागिरिमा कार्यक्रम सम्पन्न भएसँगै रास्वपा टोखा नगर समिति , दक्षिणकाली नगर समितिले भदौ १३ गते शनिबार रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। त्यस्तै, काठमाडौं महानगरपालिका वडा नं. १७ समितिले आइतबार रक्तदान कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ।

जिल्ला समितिका अनुसार काठमाडौंका अन्य नगर तथा वडा समितिहरूले पनि क्रमशः रक्तदानलगायतका मानवीय सहयोगका कार्यक्रम सञ्चालन गर्नेछन्। रक्तदानसँगै राहत, उद्धार तथा विपद् प्रभावितलाई आवश्यक सहयोग पुर्‍याउने अन्य कार्यक्रमहरूलाई समेत सँगसँगै अगाडि बढाइने जिल्ला समितिले जनाएको छ।

जिल्ला सभापति शाक्यले विपद्को यस्तो कठिन समयमा पार्टीका सबै तहका समिति, कार्यकर्ता तथा आम नागरिकलाई मानवीय सेवामा एकजुट भएर अगाडि बढ्न आग्रह गरेका छन्।

“विपद्को समयमा सबै एकजुट भएर सहयोग र उद्धारमा लाग्नु नै अहिलेको मुख्य आवश्यकता हो,” शाक्यले भनेका छन्।

सम्बन्धित पोस्ट
  • रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत
  • शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य
  • प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण
  • शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑