• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 03, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  महानगर खबर

स्वयम्भू महोत्सवको २०८१ प्रचारप्रसारका लागि साइकल र्‍याली


सुभाय् संवाददाता February 16, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ४४ मिनेट
काठमाडौं/ स्वयम्भू महोत्सव २०८१ को प्रचारप्रसारलाई तीव्रता दिन स्वयम्भू डल्लु साइकल पुचःले शनिबार बिहान साइकल र्‍याली आयोजना गरेको छ। भुइखेल चौरबाट सुरु भएको र्‍याली स्वयम्भू -रिंगरोड-बालाजु-सोह्रखुट्टे-बागबजार-मरू-कालिमाटी-सितापाइला-स्वयम्भू हुँदै पुनः भुइखेलमा सम्पन्न भएको थियो।
र्‍यालीमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा पूर्व पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोल, कार्यपालिका सदस्य मैयालक्ष्मी महर्जन, वडा सदस्यहरू विजु महर्जन, अप्सरा खत्री, रिता मिजार, वडाका इञ्जिनियर सुमन बाद्य श्रेष्ठ, अधिकृत दिनानाथ सापकोटा, स्वयम्भू प्रहरी वृत्तका प्रहरी निरीक्षक जनकराज ढुंगाना, ट्राफिक प्रहरी सवइन्स्पेक्टर दीवाकर महत, तथा स्वयम्भू डल्लु साइकल पुचःका अध्यक्ष मचाकाजी महर्जनको उपस्थिति रहेको थियो।
साइकल र्‍यालीका क्रममा सहभागीहरूले स्वयम्भू महोत्सवको प्रचार गर्दै साइकल संस्कृतिको प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।
उक्त साइकल र्‍यालीको मुख्य उद्देश्य स्वयम्भू महोत्सवको प्रचारप्रसार गर्दै समुदायमा साइकल संस्कृतिलाई प्रवर्द्धन गर्नु रहेको आयोजकहरूले बताएका छन्। र्‍यालीमा स्थानीय साइकलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्वयम्भू महोत्सव २०८१ फागुन १० देखि १७ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गतिविधिहरू समेटिने आयोजक समितिले जनाएको छ। आयोजकहरूका अनुसार महोत्सवले स्वयम्भू क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्वलाई प्रवर्द्धन गर्ने, स्थानीय पर्यटनलाई बढावा दिने तथा समुदायलाई एकजुट गर्ने लक्ष्य राखेको छ।
सम्बन्धित पोस्ट
  • पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी
  • १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित
  • चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    शान्ति पहिलो प्राथमिकता : हिंसाले होइन, संवाद र सहिष्णुताले राष्ट्र बन्छ

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    बौद्ध भिक्षुहरू वर्षावासको वर्षावास – असार १३ गते प्रातिमोक्ष पाठ र १४ गते अधिष्ठान गरिने

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    नेपालको सम्पदा, पर्यटन र आर्थिक उन्नति : समृद्धिको आधारशिला

    सारनाथ पनि विश्व सम्पदा सूचीमा

    पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    सुभाय् पोस्ट बिशेष

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑